चितवन : चितवनका थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गएरातिसम्म भरतपुर अस्पतालको प्रयोगशाला,काभ्रेको धुलिखेल र राष्ट्रिय प्रयोगशाला टेकुमा गरेको परिक्षणमा कूल ६८ जनामा संक्रमण पुष्टि भएकोमा ६५ जना चितवनका रहेका छन् ।
भरतपुरको प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका १८ सहित २१ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी धुलिखेलमा गरिएको परिक्षणमा चितवनका ३५ जना र टेकुमा गरिएको परिक्षणमा पनि चितवनका १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
दैनिक दजर्नाै व्यक्ति संक्रमित हुन थालेपछि चितवनमा समुदायस्तरमै संक्रमण पुगेको देखिएको छ । संक्रमण नियन्त्रणका लागि स्थानीय प्रशासनले भदौ १९ गतेसम्मका लागि निषेधाज्ञा लागू गरेको छ ।