नयाँ कामदारकाे श्रम स्वीकृति अब यसरी

0

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले अन्तर्राष्ट्रिय उडान शुरु हुने निश्चित हुनसाथ वैदेशिक रोजगारमा जाने नयाँ कामदारको श्रम स्वीकृति खुला गर्ने बताएका छन् ।

श्रमिक सूचना बैंक स्थापना र  मन्त्रालयको वार्षिक कार्यक्रमबारे जानकारी दिन आइतबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री यादवले अन्तर्राष्ट्रिय उडान शुरु नभएसम्म श्रम स्वीकृति प्रदान गरेर पनि अर्थ नहुने भन्दै अन्तर्राष्ट्रिय उडान शुरु हुने निश्चित हुँदासम्म मन्त्रालय  श्रम स्वीकृतिको टुंगोमा पुगिसक्ने बताए ।

श्रम स्वीकृति सूचारु गर्ने प्रस्ताव यसअघि नै मन्त्रिपरिषद्मा पुगिसकेको जानकारी दिँदै मन्त्री यादवले वैदेशिक रोजगारमा जाने कामदारको श्रम स्वीकृति खुला गर्ने विषयमा मन्त्रालय सकारात्मक रहेको बताए ।

सरकारले भदौ १६ गतेपछि सतर्कता अपनाएर अन्तर्राष्टिय उडान शुरु गर्ने निर्णय गरेको छ ।

विश्वव्यापीरुपमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलेएिपछि  सरकारले गत वर्षको फागुन २९ गतेदेखि वैदेशिक रोजगारीमा जाने नयाँ कामदारको श्रम स्वीकृति बन्द गरेको हो ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ५ गतेको बैठकले परिस्थिति हेरेर विदामा नेपाल आएकासहित नयाँ रोजगारीमा जाने कामदारलाई श्रम स्वीकृति दिने निर्णय गर्न सक्ने अख्तियारी श्रम मन्त्रालयलाई दिएको थियो ।

Leave A Reply

Your email address will not be published.