काठमाडौं उपत्यकामा ४२९ सहित १२२१ जना कोरोना संक्रमण थपिए

0

नेपालमा पछिल्लाे २४ घण्टामा १२२१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यो संख्या हालसम्मकै उच्च हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा संक्रमण पुष्टि भएको छ ।

यो सहित नेपालका हालसम्म संक्रमित हुनेको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ । विगत २४ घण्टामा २ सय ६७ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए ।

२० हजार ८ सय २२ जना निको भएर घर फर्किसकेका छन् । हालसम्म ६ लाख ८२ हजार ३ सय ४३ जनाको पीसीआर परीक्षण भएकाे आइतबार आयाेजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता गाैतमले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.