कोरोना अपडेटः संक्रमित ३७ हजार ३४०, निधन २०७, डिस्चार्ज २० हजार ५५५

0

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३ सय ४० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार इलामका १, झापाका २०, धनकुटाका १९, मोरङका ३१, संखुवासभाका ३, सुनसरीका २४, धनुषाका ४९, पर्साका ७३, बाराका २१, महोत्तरीका २६, रौतहटका ५, सप्तरीका २, सर्लाहीका ८३, सिराहका २२, काठमाण्डौका १५५, काभ्रेपलाञ्चोकका १९ र चितवनका ५७ जनाका कोरोना भाइरस पुष्टि भएको छ।

यस्तै दोलखाका १, धादिङका ९, भक्तपुरका १२, मकवानपुरका ९, ललितपुरका १९, सिन्धुपाल्चोकका १, कास्कीका ३, नवलपरासी पूर्वका २३, लमजुङका २९, कपिलवस्तुका २, नवलपरासीका १०, गुल्मीका १, दाङका १९, बाँकेका २०, रुपन्देहीका १६, जाजरकोटका १, रुकुमपश्चिमका १, जुम्लाका १, दैलेखका १, सुर्खेत १०, कैलालीका १९, कञ्चनपुरका १७, दार्चुलाका ३, बझाङका २६ र बैतडीका २१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसकाे संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार तीन महिला र ९ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो।

पाल्पामा ३० वर्षीया महिला, काठमाण्डौ ५१ वर्षीया महिला र ८३ वर्षीय पुरुष, भक्तपुरमा ६२ वर्षीया महिला र ८२ वर्षीय पुरुष, पर्सामा ४८ र ३९ वर्षीय दुई पुरुष, सिरहामा ८४ वर्षीय पुरुष, गाेरखामा ३८ वर्षीय पुरुष, कास्कीमा ५८ वर्षीय पुरुष तथा ललितपुरमा ७२ र ६१ वर्षीय दुई पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २०७ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार ३१३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २० जार ५ सय ५५ पुगेको छ।

पछिल्लो २४ घण्टामा ११ हजार ५ सय १६ पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म ६ लाख ६९ हजार ६२६ पीसीआर परीक्षण भएको छ।

हाल सक्रिय संक्रमित १६ हजार ५ सय ७८ रहेकाे छ। क्वारेन्टिनमा ८ हजार ३५ जना रहेका छन्।

यस्तै काठमाण्डौ उपत्यकामा थप १८६ जनामा कोरोना पुष्टि भएको छ।

Leave A Reply

Your email address will not be published.