बेल्जियमका धेरै संघसंस्थाले बुझाए पारदर्शिताको विवरण

0

आर्थिक पारदर्शितालाई जवाफदेही र बिस्वासनिय बनाउन के कसरी सकिन्छ भन्ने आम चासोलाई सम्बोधन गर्ने हेतुले पत्रकार महासंघ युरोप शाखाले बेल्जियमस्थित सबै संघ संस्थाहरु बिच कार्यक्रम सम्पन्न गरेको छ । पत्रकार महासंघ युरोप शाखाको बिशेष पहल र नेपालमा गएको महा भुकम्प पछी राहत अभियानमा नेत्रित्वदायी भूमिका निभाएका एनआरएनए बेल्जियम लगायत सबै संघ संस्थाहरुको सहभागिता बिच भएको उक्त कार्यक्रममा केही संस्था बाहेक सबैले आ-आफ्ना अनुभब सहित आर्थिक विवरण र राहत बितरणका प्रमाणहरु बाचन गरी चन्दा दाताहरुलाई विश्वस्त पार्ने प्रयत्न गरेका थिए ।
पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राइको सभापतित्व र उपाध्यक्ष ओम शर्माको संचालनमा सम्पन्न उक्त आर्थिक पारदर्सितालाई जवाफदेही र बिस्वासनिय बनाउने कार्यक्रममा पत्रकारहरु क्रमश वीरमान घर्ति मगर, नवराज थापा डिल्ली अंमाई लगायतको टिम फिल्ड रिपोर्टर र भिजुअल रेकर्डिङको लागि खटेको थियो । भुकम्पमा ज्यान गुमाएका सबै जनाको आत्माको चिर शान्तिको लागि एक मिनेट मौन धारण र शोक धुन पश्यात उपस्थित सबैलाई संचालक स्वयमले स्वागत गरेका थिए ।
कार्यक्रमको आवस्यकताका बारेमा उपाध्यक्ष अोम शर्माले प्रकाश पार्दै आर्थिक पार्दर्सितालाई हरेक संगठनको अनुशासनको पहिलो कडि र भाबी नजिरको रुपमा स्थापित गर्न यो कार्यक्रम गरिएको र यसले सडकमा ”हाम्रा संघ संस्थाहरु आर्थिक पारदर्सी छैनन” भनेर औंला ठड्याउनेहरुलाई राम्रो उत्तर दिने आशा राखेको बताए । उनले सबै नेत्रित्वलाई आफ्ना आर्थिक विवरणहरु सार्वजनिक गरिदिएर पत्रकारलाई सहयोग गरिदिन समेत अनुरोध गरे ।
कार्यक्रममा सर्बप्रथम पत्रकार महासंघ युरोप शाखाबाट उठाइएको राहत विवरण [३३१० युरो ] पत्रकार डिल्ली अंमाईले बाचन गरेका थिए । त्यस पछी क्रमश ब्याबशायी संघका अध्यक्ष हरी थपालियाबाट प्रस्तुत विवरण अनुसार ४२५३चन्दा बक्सबाट २२४८ र समितीबाट २००५,खेल्कुद संघ का अध्यक्ष किसन केशीको प्रस्तुत विवरण अनुसार ६०१ युरो,जन प्रगतिशिल मोर्चाका महासचिव कुल मगरले प्रस्तुत गरेको विवरण अनुसार ७११४ युरो,संयुक्त किरात समाज बेल्जियम ३४९५ युरो,मोना बेल्जियम १८३६२ युरो, संघिय समाज्बादी समाज बेल्जियमका अध्यक्ष नेत्र मगरले प्रस्तुत गरेको विवरण अनुशार १५५१ युरो, बिस्व मगर संघका महासचिब लोक राना मगरले प्रस्तुत गरेको विवरण अनुशार ४४७४१.१५ युरो मध्ये २४७२० पठाइसकिएको अन्य बैंक खातामा रहेको , नेपाली समाज बेल्जियमका अध्यक्ष कृष्ण रेग्मीले पठाएको ईमेल अनुसार ”मेरो संस्थाको बिधान र प्रचलित कानुन अनुसार आर्थिक पारदर्सिताको विवरण सार्वजनिक गर्न असमर्थ रहेको ”जानकारी प्राप्त , नेपाली राज दुतावासले आफ्नो वेब साइड्मा हेर्न अनुरोध गरिएको पत्र प्राप्त,सेर्पा समाज बेल्जियम २०८४ युरो,युरो नेपाल कलाकार संघका अध्यक्ष पदम गुरुङले प्रस्तुत गरेको विवरण अनुसार १४०० युरो र उहाका छोरा छोरीले वाफेल बेचेर उठाएको ३०० युरो , जन संपर्क समितीका अध्यक्ष शुबास जोशीले प्रस्तुत गरेको विवरण अनुशार ४८८२।२ युरो,तमाङ समाज बेल्जियमका अध्यक्ष दामन लामाबाट प्रस्तुत गरेको विवरण अनुसार ३०१६ युरो ,महिला नेत्री सीता सापकोटाले प्रस्तुत गरेको विवरण अनुसार क्रमश बिपी प्रतिस्ठान ५०० युरो,क्याट बेल्जियम २६७७ युरो ,लुभेन महिला बचत समुह ४७७३ युरो , तमु समाज बेल्जियमका अध्यक्ष जिबन गुरुङले दिएको विवरण अनुसार २४११२ युरो संकलन र अधिकांस निकाशी भैसकेको जनाएका छन । सबै विवरण र पठाएका प्रमाणहरु पत्रकार महासंघलाई बुझाईएको छ र त्यो क्रम चली रहने जनाइएको छ ।
त्यस्तै जन प्रगतिशिल मंच बेल्जियमकी प्रतिनिधि कल्पना मगरले प्रस्तुत गरेको विवरण अनुसार १९२५० युरो,सिक्लेस पार्चे कल्याण कोशबाट प्रस्तुत विवरण अनुसार ३४१२ युरो,शेर्पा समाज युरोपबाट अध्यक्ष सोनाम शेर्पाले दिएको विवरण अनुसार जम्मा ३० लाख ८४ हज्जार २६ ने रु ,ईन्द्र धनुष क्लबकी प्रतिनिधि यसोद थापाले दिएको विवरण अनुसार १००१ युरो र क्षेत्री समाज बेल्जियमबाट २००१ युरो ,एन आर एन ए युरोप संयोजक अर्जुन कुमार श्रेष्ठबाट ब्याक्तिगत रुपमा 1२ लाख ५२ हज्जार ७०५ रुपैया र २ हप्ता प्रतक्ष भौतिक सहयोग,लोक दाहालबाट भौतिक सहयोग सहित् २०,००० युरो सहयोग भैसकेको र १५ हज्जारको प्रतिबध्दता जाहेर भएको छ साथै एन आर एन ए बेल्जियमका अध्यक्ष प्रेम गुरुङद्वारा प्रस्तुत विवरण अनुसार ८६५५५.28 समयको पाव-बन्दिका कारण समाजसेवी सिपी भट्ट लगायत अन्यको विवरण भिडियो सहित् सार्वजनिक गर्दै जाने पत्रकार महासंघ युरोप शाखाले जनाएको छ । प्रारम्भिक आकाडा अनुसार बेल्जियममा लगभग २ लाख ६७ हज्जार ७ सय ६४ युरो राहत स्वरुप उठेको देखिन्छ ।
कार्यक्रमको समापन गर्ने क्रममा महासंघका अध्यक्षले हल स्पोन्सर गर्ने बिस्व मगर संघलाई बिशेष धन्यवाद दिए भने विवरण बुझाउन आनाकानी गर्ने नेपाली vzw र संघ संगठनलाई नेपाली समाजको विश्वाश जित्नु भन्दा ठुलो कानुन केही नभएको बताउदै जुन समाजको नाममा राहत उठाइयो र जो बाट उठाइयो तिनिहरुलाई उनिहरुको आफ्नो राहत बारे जान्न पाउने अधिकार सुनिश्चित गराइदिन पुन अनुरोध गरेका छन ।
स्मरण रहोस् यो अभियानको बाह्य र आन्तरिक , युरोप शाखा र नेपाल पत्रकार महासंघ सबै तिरबाट फलो अफ भै रहने जनाइ सोही अनुसार गृहकार्य भएको जनाइएको छ । यो क्षेत्रमा भएको लगानी र आम्दानीका स्रोतको पारदर्शीता नजाँचिने हो भने यसले सँस्था र त्यसको नेत्रित्वलाई नै ठूलो समस्यामा पार्न सक्छ । यसतर्फ जवाफ देहिता र पारदर्सिताको कसम खाएर परोपकारमा होमिएकाहरु मात्रै नभएर चन्दादाता हरु पनि सचेत हुनु जरुरी हुन्छ साथै स्वयं सञ्चारमाध्यमहरु चनाखो हुँदै फलो अफ गर्दै अगाडि बढ्नु जरुरी हुन्छ । कतै हामी नाम र दामको लोभमा गलत कदमलाई र्समर्थन त गरिरहेका छैनौं यसतर्फसमयमै सबै सचेत हुनु जरुरी छ ।
डिल्लीराम अंमाई, बेल्जियम

Leave A Reply

Your email address will not be published.