पुष्पलाल श्रेष्ठको ३७ औं स्मृति दिवस मनाइदै

0

काठमाडौं, ७ साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको बिहीबार(आज) ३७ औं स्मृति दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाईदैछ । जननायक बीपी कोइरालाको ३३ औं स्मृति दिवसको भोलिपल्ट नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव स्वर्गीय पुष्पलालको स्मृति दिवस मनाइने गरिछ । स्वर्गीय पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । कम्युनिस्टका संस्थापक नेताहरुमा नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठ थिए ।
नेपाली क्रान्तिका सिद्धान्तकारका रुपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि लडाई लडे । १९८१ असार १५ गते रामेछापको भंगेरीमा जन्मिएका पुष्पलाल आफ्नो जीवनभर संगठन विस्तारमा लागे । राणा विरोधी आन्दोलनका अगुवा सहिद गंगालाल श्रेष्ठका माइला भाई स्वर्गीय पुष्पलालले मुलुकका निम्ती जीवन विताएर राजनीतिक सन्देश दिएका थिए ।
विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी कम्युनिस्ट सिद्धान्तलाई नेपाली माक्र्सवादी विश्लेषकको पहिचान उनले दिएका थिए ।
निरंकुशताको अन्त्यका लागि संयुक्त जनआन्दोलनको कार्यदिशा २०२५ सालमा अगाडी सार्ने उनी पहिलो नेता थिए ।

Leave A Reply

Your email address will not be published.