नेकपा सचिवालय बैठकबाट कार्यदललाई अनुमोदन

0

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकबाट अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डले बनाएको कार्यदल अनुमोदन भएको छ ।

गत शुक्रबार अध्यक्षद्वय अ‍ोली र प्रचण्डले पार्टीमा देखिएको विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको नेतृत्वमा ६सदस्यीय कार्यदल गठन गरेका थिए ।

बैठकले कार्यदललाई अनुमोदन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकले कार्यदललाई अनुमोदन गरेको पुष्टि गरे ।

‘अध्यक्षद्वय निर्माणका गरेको कार्यदल सकारात्मक रुपले लिएको छौँ आजको बैठकले कार्यदल गठनलाई अनुमोदन गरेको छ’, उनले भने, ‘कार्यदलले आज पार्टी र सरकार सक्षम हुने गरि सुझाव दिन सक्नेगरी सुझाव दिन्छ ।’

त्यस्तै उनले पार्टीभित्रको विवाद समाधान गरेर महाधिवेशनमा जाने पक्षमा आफुहरु रहेको बताए ।

‘कार्यदलको सुझावपछि अघि बढ्छौँ । त्यसबारेमा छलफल हुन्छ । नीति र पद्धतिको विषयमा अघि बढ्ने बारे छलफल भएको छ ।’

त्यस्तै उनले मन्त्रीपरिषद् र मुख्यमन्त्री हेरफेरको बिषयमा छलफल नभएको जानकारी दिए ।

महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन् ।

Leave A Reply

Your email address will not be published.