काठमाण्डौ – गएको २४ घण्टामा मुलुकभरमा ५९४ जना कोरोना भाइरसका नयाँ संक्रमित थप भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबार दिएको जानकारी अनुसार उक्त संख्यामा नयाँ संक्रमित थपिएका छन् । ११ हजार ५ सय ७५ पीसीआर परीक्षण गर्दा यो संक्रमित संख्या भेटिएको हो । योसँगै मुलुकमा कोरोना संक्रमितको कूल संख्या २५ हजार ५ सय ५१ पुगेको छ ।
यसैगरी यही अवधिमा कोरोना संक्रमण जितेर २ सय ४० जना उपचारबाट डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या मुलुकभर गरी १७ हजार ७७ पुगेको छ ।
मन्त्रालयका अनुसार शुक्रबारसम्म पीसीआर विधिबाट ४ लाख ९४ हजार ६१३ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ६ सय ३८ जना रहेका छन् । आइसोलेसनमा रहनेको संख्या ७ हजार ९१३ जना रहेको छ ।
गएको २४ घण्टामा भेटिएका ५९४ जना मध्ये काठमाडौं उप्त्यकाका ललितपुर, भक्तपुर र काठमाडौं तीन जिल्लामा मात्र ११९ जना कोरोनाका थप संक्रमित फेला परेका हुन् ।
पछिल्लो चरणमा काठमाडौं जिल्ला सबैभन्दा बढी संक्रमित थपिने जिल्लामा पर्दै आएको छ ।