बुटवलको कोरोना विशेष अस्पतालमा दुई जनाको मृत्यु

0

बुटवल – कोरोना लक्षण देखिएर अस्पताल भर्ना भएका कपिलवस्तुका दुई जनाको बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ ।

उपचारका लागि आइसोलेसनमा भर्ना भएका कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नंं. २ तौलिहवाका ४२ वर्षीय कृष्णकुमार गुप्ता र कपिलवस्तुको कृष्णनगरका २५ वर्षीय प्रदीप तेलीको मंगलबार राति मृत्यु भएको हो ।

मृत्यु हुनेमध्ये कपिलवस्तुका ४२ वर्षीय कृष्णकुमार गुप्ता कोरोना पोजिटिभ हुन् । उनी कोरोना भाइरसको लक्षण देखिएर २५ साउनमा भर्ना भएका थिए ।

उनको २५ गते नै पीसीआर रिपोर्ट पाेजिटिभ आएको थियो । सोही दिनबाट उनलाई भेन्टिलेरमा राखेर उपचार भइरहेकोमा मंगलबार स्वास्थ्यमा थप समस्या आएर मृत्यु भएकाे कोराना विशेष अस्पतालका फोकल पर्सन डा. सुर्दशन थापाले बताए ।

२५ वर्षीय प्रदीप तेली भारतको मुम्बईबाट केही दिनअघि घर आएका थिए । उनमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएकाले कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।तेलीको स्वाबको पीसीआर परीक्षण नभएको अस्पतालले जनाएकाे छ ।

Leave A Reply

Your email address will not be published.