पछिल्लो २४ घण्टामा देशमा थप ६ सय ३८ जना संक्रमित थपिए

0



काठमाण्डौ – पछिल्लो २४ घण्टामा देशमा थप ६ सय ३८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २३ हजार ९ सय ४८ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २३ हजार ९ सय ४८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. गाैतमले पछिल्लो २४ घण्टामा १ सय ७१ जना कोरोना संक्रमित डिस्चार्ज भएकाे जानकारी दिए । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ६ सय ६४ पुगेकाे छ । देशभर सक्रिय संक्रमित ७ हजार २ सय १ रहेकाे छ ।



Leave A Reply

Your email address will not be published.