बेरुत बिस्फोटः बन्दरगाहका अधिकारी ‘हाउस अरेस्ट’मा

0

बेरुतको बन्दरगाहका केही अधिकारीहरु अहिले घरमै बन्धक अवस्थामा रहेको लेबनान सरकारले जनाएको छ।

मंगलबार राति भएको शक्तिशाली बिस्फोटको छानबिनका लागि उनीहरुलाई ‘हाउस अरेस्ट’ गरिएको सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बिस्फोटक पदार्थ भण्डारण गरिएको गोदाममा अचानक बिस्फोट हुँदा अहिलेसम्म कम्तीमा १३५ जनाको ज्यान गएको पुष्टि भएको छ । अरु चार हजार भन्दा बढी मानिस घाइते भएका छन् । घटनापछि सरकारले दुई हप्ताका लागि आपतकालीन अवस्था घोषणा गरेको छ ।

राष्ट्रपति मिशेल एउनले २७ सय ५० टन एमोनियम नाइट्रेडका असुरक्षित रुपमा भण्डारण गरिएकाले बिस्फोट भएको बताएका छन् ।

भन्सार प्रमुख बाड्री डाहेरले रसायन त्यहाँबाट हटाउन आग्रह गरिएको भने पनि अटेरी गरिएकाले यस्तो भएको बताएका छन् । एमोनियम नाइट्रेड खेतीमा मल तथा बिस्फोटक पदार्थका रुपमा पनि प्रयोग हुन्छ ।

बुधबार आश्मिक रुपमा बसेको मन्त्रीपरिषद बैठकको सुरुमा राष्ट्रपति एउनले भने, ‘बेरुतमा गए राति भएको काहालिलाग्दो घटनाबारे बोल्न सक्ने अवस्था छैन ।

लेबनानको सर्वोच्च सुरक्षा परिषदले घटनामा दोषी देखिनेमाथि कडा भन्दा कडा कारवाही गरिने बताएको छ । एजेन्सी

Leave A Reply

Your email address will not be published.