कोरोना भाइरस भयावह बन्यो, भेन्टिलेटरको अभाव हुनसक्ने

0

काठमाण्डौ – देशभर कोरोना भाइरसको त्रास बढेको छ । लकडाउन अन्तसँगै मानिसहरुको सक्रियता बढेसँगै संक्रमण समुदायमा फैलन थालेको छ ।

वीरगञ्जमा सबैभन्दा बढी संक्रमण बढेको छ । त्यहाँ १२ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ । स्थिति असामान्यतर्फ जान नदिने त्यहाँ निषेधाज्ञा जारी गरिएको छ ।

विराटनगरमा पनि कोरोना संक्रमण खतरनाक बन्ने देखिएसँगै लकडाउन गरिएको छ । त्यहाँ दुई हप्ता लकडाउन घोषणा भइसकेको छ । झापामा पनि पाँच दिन लकडाउन गरिएको छ । तराईका विभिन्न जिल्लामा निषेधाज्ञा र लकडाउन गरिएको छ ।

काठमाडौं उपत्यकामा पनि संक्रमणको खतरा बढेको छ । पछिल्लोपटक संक्रमितहरु आइसीयु र भेन्टिलेटरमै राख्नुपर्ने अवस्था बनेको छ । देशभर भेन्टिलेटरको अभावको अवस्था बन्नसक्ने देखिएको छ ।

प्रहरी मुख्यालय नक्शालमा पनि संक्रमित संख्या बढ्न थालेको छ । ट्राफिक प्रहरी महाशाखा रामशाहपथ नै शिल्ड गरिएको छ ।

नेपाल भारत सीमा क्षेत्रमा खटिएका प्रहरीहरु धमाधम संक्रमित हुने क्रम बढेको छ । यसरी देशभर संक्रमणको खतरा बढ्दै गएको छ ।

Leave A Reply

Your email address will not be published.