समुदाय स्तरसम्मै कोरोना फैलिएको आशंका, पुनः लकडाउन हुन सक्ने सम्भावना बढ्यो

0

काठमाण्डौ – लकडाउन खुलेसँगै देशमा कोरोना संक्रमितको संख्या बढ्दै गएको तथा कोरोना संक्रमण समुदाय स्तरमा समेत फैलिएको आशंका बढेपछि जोखिम हेरेर निश्चित एरियालाई शिल्ड गरि लकडाउन गर्ने सरकारको तयारी छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले समेत बिहीबार एक कार्यक्रम दौरान जोखिम हेरेर कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि निश्चित स्थान निर्धारण गरि आवश्यकता अनुसार लकडाउन गर्ने सकिनेछ । ‘कोरोना भाइरसको जोखिम भएको स्थानमा निषेधाज्ञा जारी गर्ने तय भएको छ ।’ उनको भनाइ थियो ।

सरकारले ७ साउनसम्म लगाएको लकडाउन अन्त्य भएको घोषणा गरेपनि कोरोना संक्रमण फ़ैलिने क्रम भएको छैन् । यसैलाई दृष्टिगत गर्दै कोरोना भाइरस बढी फैलिएको स्थानहरुमा लकडाउन गर्ने गृहकार्यमा सरकार जुटेको हो ।

देशका विभिन्न स्थानमा कोरोना संक्रमितको संख्या बढेपछि सरकारले यसको रोकथामका लागि निश्चित स्थान (जहाँ कोरोना संक्रमण फैलिएको छ)मा निश्चित समयसम्म सम्बन्धित स्थानीय सरकार र प्रमुख जिल्ला अधिकारीको तजविजमा लकडाउन बारे आवश्यक निर्णय गर्ने गरि यसलाई तत्काल कार्यान्वयनमा लैजाने तयारी भएको छ ।

यस्तै बिहीबार नै बसेको सीसीएमसी निर्देशक समिति बैठकले लकडाउन खुकुलो भएपछि संक्रमण जोखिम रहेका ठाउँको अवस्था विश्लेषण गरी पीसीआर परीक्षणको दायरा बढाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले आवश्यकता अनुसार संक्रमण देखिएको ठाउँ सिल गरेर पीसीआर परीक्षणको दायरा बढाइने बताए । भदाै १ गतेबाट सुरु हुने सेवा क्षेत्र सञ्चालनका लागि आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड तयार पार्न पनि बैठकले सम्बन्धित मन्त्रालयहरुलाई जिम्मेवारी दिएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यका प्रवेश गर्नेहरुको पीसीआर परीक्षण गरिहेको सरकारले अब प्रवेश विन्दुमा नै क्वारेन्टिन व्यवस्थापन गर्ने भएको छ । काठमाडौं प्रवेश गर्ने नाकामा गरीएको परीक्षणमा संक्रमण देखिन थालेपनि प्रवेश नाकामै क्वारेन्टिनको व्यवस्था गरिने उनले बताए ।

बैठकले लकडाउन खुकुलो भएको केही दिनयताको परीक्षण नतिजा विश्लेषण गरी आगामी रणनीति तय गर्ने निष्कर्ष पनि निकालेको छ । स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पूर्ण रुपमा पालना नभएका कारण संक्रमणको जोखिम बढेको सीसीएमसीले ठहर गरेको छ ।

यस्तो अवस्थामा संक्रमणलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने विषयमा पनि बैठकमा छलफल भएको छ ।

Leave A Reply

Your email address will not be published.