मैले पत्नीको हत्या गरेको होइन, मलाई गीताका बुबाले फसाएः पूर्वडीआईजी कोइराला

0

काठमाण्डौ – पूर्वडीआईजी रञ्जन कोइरालाले आफ्नी पत्नी गीता ढकालको हत्या अभियोगमा आफुलाई फसाइएको बताएका छन् ।

सुरुदेखिनै पत्नीको हत्या आफुले नगरेको दाबी गर्दै आएका कोइरालाले आफूलाई गीता ढकालका बुबा हरेराम ढकालले फसाएको बताएका हुन् ।

कोइरालाले एक टेलिभिजन कार्यक्रममा भने, ‘मलाई ठूलो डिजाइन गरेर फसाइएको छ । समय आएपछि यी सबै कुराको सत्य कुरा बाहिर आउँछ ।’

शक्तिशाली समूहले आफूलाई फसाएको पूर्वडीआईजी कोइरालाले आरोप लगाएका छन् । उनले आफ्नी प्रेमिका तारा रेग्मी हत्यामा संलग्न नै नरहेको बताएका छन् । ‘प्रेमसम्बन्ध वा सम्बन्ध विच्छेदका लागि पत्नीको हत्या आवश्यक छैन’, कोइरालाले भने, ‘मलाई लगाइएको आरोपमा सत्यता छैन ।’

मकवानपुरको टिस्टुङमा पत्नीलाई पेट्रोल छर्किएर जलाएको र प्रमाण नष्ट गर्न खोजेको आरोप पनि अस्वीकार गरेका छन् । उनले टिस्टुङ गएको स्वीकार गरेका कोइरालाले भने, ‘म एक्लै गएको थिएन । पत्नी हराएकी थिइन् ।’

कोइराला पत्नी हत्या आरोपमा साढे ८ वर्ष जेल बसेर केही दिन पहिले छुटेका छन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर राणाको संयुक्त बेञ्चले कोइरालाको आजीवन काराबासको सजायलाई घटाएको थियो । कोइरालाको सजाय घटाएको विषयमा सर्वोच्च अदालतमा पुनरावलोकन भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.