ओली-दाहालबीच संवाद टुट्यो, बैठक अनिश्चित् !

0

काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्लो समय संवाद नै हुन छाडेको छ । अध्यक्ष दाहालले हालै काठमाण्डौमा आयोजित एक कार्यक्रममा ओलीके सक्रियतामा नेकपा एमाले निर्वाचन आयोगमा दर्ता भएको र यही कारणले पार्टी संकटमा परेको अभिव्यक्ति दिएपछि ओली दाहालसँग रिसाएका छन् ।

पार्टीको स्थायी कमिटी बैठक गत असार १० गतेबाट सुरु भएको हो । तर, बैठकमा नेताहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने माग उठाएपछि स्थायी कमिटी बैठक प्रभावित बन्दै आएको छ । स्थायी कमिटीको बैठक भोलिको लागि बोलाईएको छ । तर, अध्यक्षद्धयबीचको सम्वादहिनताले भोलिको बैठक बस्छ या बस्दैन् भन्नेबारे अन्यौल छ ।

अध्यक्ष दाहालसहित बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीको राजीनामा माग गरेका छन् । तर, ओलीले भने आफूले दुवै पदबाट राजीनामा नदिने अडान लिँदै आएका छन् । यही विवादका कारण स्थायी कमिटीको बैठक एक महिनादेखि निश्कर्षमा पुग्न सकेको छैन् । र, सहमति खोज्ने नाममा पटक पटक स्थगित् हुँदै आएको छ ।

ओली र दाहाल समूहका दोस्रो तहका नेताहरुले भने दुई अध्यक्ष मिलेर अघि बढ्दा नै पार्टी र देशको हितमा हुने धारणा राख्दै आएका छन् । पछिल्लो समय बसेको सचिवालय बैठकमा ओलीले पार्टीको एकता महाधिवेशन मंसिरमै गर्नेगरि प्रस्ताव ल्याएका थिए । उक्त प्रस्तावमा दाहालको मौन समर्थन थियो । सचिवालय बैठकलगत्तै दाहालले ओलीको प्रस्तावमा आफ्नो सहमति नभएको भन्दै आफ्नो निजी सचिवालयमार्फत ओलीसँग सहमति नभएको भन्दै खण्डन नै छपाएका थिए । त्यस यता दुई अध्यक्षबीच खासै भेटवार्ता र फोन सम्पर्क भएको छैन् ।

Leave A Reply

Your email address will not be published.