मनकारी रोक्का जसले लकडाउनमा ५० प्रतिशत घरभाडा छुट दिए

0

काठमाडौं – विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड (१९) नियन्त्रणको लागि भन्दै सरकारले लागू गरेको लकडाउनका कारण सिर्जित विषम परिस्थितिमा दिपक रोक्काले घरभाडा छुट दिएका छन् ।

उनले कागेश्वरी मनहरा नगरपालिका–७ काँडाघारीस्थित आफ्नो निजी निवास ‘लाल भवन’मा सुरक्षा डान्स एण्ड ट्रेनिङ सेन्टर सञ्चालन गरिरहेका व्यवसायी कल्याण घलेलाई लकडाउन अवधिको ५०  प्रतिशत भाडा छुट गरेका हुन् ।’ लकडाउनका कारण व्यवसायमा मन्दी आएपछि आफ्नो तर्फबाट केही न केही सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले आफ्नो तर्फबाट सानो सहायता गरेको’ रोक्काको भनाई छ । 

लकडाउनका कारण आफ्नो व्यवसायबाट पलायन हुनुपर्ने अवस्थामा पुग्न लागेको बेला भाडा छुट दिने रोक्काको निर्णयले आफूलाई राहत मिलेको व्यवसायी घलेले सञ्जाल खबरलाई जानकारी दिए । ‘यस्तो अवस्थामा घरधनीले गरेको सहयोगले आफूलाई पुनः व्यवसायमा स्थापित हुने अवसर मिलेको’ घलेको भनाई छ । 

सोलुखुम्बु लिखुपिके गाउँपालिका–२ स्थायी बासिन्दा रहेका रोक्का नेपाली सेनाका पूर्वमेजर हुन् । हाल उनी समाजसेवामा सक्रिय छन् ।  रोक्काले यसअघि सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा अवस्थित सामुदायिक विद्यालयहरुमा लाइब्रेरीका लागि आवश्यक पुस्तक सामाग्री उपलब्ध गर्ने, अक्षयकोष स्थापना साथै बालमैत्रीकक्षा लागि चाहिने सामाग्री जुटाउन महत्वपूर्ण योगदान पुर्याउदै आएका छन्

साथै लाइब्रेरी र बालमैत्री कक्षाका लागि पुस्तक तथा आवश्यक सामाग्री  जुटाउन आफू स्वयंले समेत सक्दो पुस्तक र आर्थिक सहयोग गरेका थिए । 

उनले विपन्न परिवारका बिरामीको उपचारका लागि आवश्यक पर्ने खर्च जुटाउन पहलकदमी लिने र उपचारका लागि समेत स्वयंले सक्दो आर्थिक सहयोग गर्दै आएका छन् । समाजसेवा जस्तो पवित्र कर्मलाई आफूले भविष्यमा पनि निरन्तरता दिँदै जाने उनले चरदिशालाई जानकारी दिए ।
 

Leave A Reply

Your email address will not be published.