नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

0

काठमाण्डौ – नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना भाइरसको उपचार गराउँदै आएका महोत्तरीका एक वृद्धको मृत्यु भएसंगै देशभित्र कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या बढेको हो ।

सात दिन अगाडी मात्रै कोरोना पुष्टि भएका महोत्तरीका ६० वर्षीय शशि भुषण झाको मंगलबार राति अस्पतालको आइसोलेसनमा निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएको मृतकको शव अहिले अस्पतालमै रहेको र शव व्यवस्थापन र दाहसंस्कारका लागि आवश्यक तयारी भइरहेको समेत स्रोतको भनाई छ ।

Leave A Reply

Your email address will not be published.