साउन महिनामा शिवजीको उपसना गरे यी राशीका व्यक्तिलाई मिल्नेछ फल

0

काठमाण्डौ – साउन महिना पूर्णरुपमा भगवान शिवमा समर्पित हुन्छ र भोलेबाबाको कृपा सबै भक्तमा रहन्छ । यदि १२ राशि मध्ये ३ राशिले साउन महिनामा विधि विधानबाट शिवको पुजा गर्ने हो भने सबै मनोकामना पुरा हुन्छ र मनले चाहेको फल प्राप्त हुनेछ । आउनुहोस् कुन कुन राशी र कुन विधिले शिवजीको पुजा गर्नुपर्छ हेरौ ।

मेष राशीः मंगल राशिको स्वामित्व भएको यस राशिका मानिसहरुले साउन महिनामा दैनिक शिवलिंगमा जल चढाउनुपर्छ । तपाइँमाथी शिवजी को धेरै कृपा छ । शिवजी कृपाले तुरुन्त धन र सम्पत्ति प्राप्त हुन्छ । मेष राशिलाइ व्यापारमा धेरै फाइदा हुन्छ । यदि तपाइँको मेष राशि हो र जागिरको खोजीमा हुनुहुन्छ भने शिवलिंगमा जल चढाएर ऊं नमः शिवाय को जप गर्नुपर्छ ।

मकर राशिः शनिको स्वामित्व भएको मकर राशिका मानिसहरु शिवजीको अति प्रिय हुन्छन् । वास्तवमा शनिदेव शिवजीलाई आफ्नो गुरुदेव मान्छन् । साउनमा शिवजीलाई दैनिक बेलपत्र चढाउदा भगवानले तपाइँको हरेक मनोकामना पुरा गरिदिनेछन् । जल चढाउने समयमा ‘महामृत्युंजय’को जप गर्दा अत्यधिक फलदायी रहन्छ । यो महिना शिव शम्भुको कृपाबाट तपाइँ अत्यन्त भाग्यशाली हुनु हुनेछ ।

कुम्भ राशिः साउनमा शिवजीको पुजा गर्दा यस राशिलाई अकालमा हुने मृत्युबाट जोगाउछ । कुम्भ राशिको मानिसले दैनिक नुहाएपछि ‘ऊं नमः शिवाय’ मन्त्र जप गर्दा फलदायी साबित हुनेछ । यदि भोलेशंकरसँग केहि माग्नु परेमा साउनमा आराधना गर्नु आवश्यक हुन्छ । यसो गर्दा तपाइँको मनोकामना पुरा हुनेछ । धार्मिक ग्रन्थअनुसार

Leave A Reply

Your email address will not be published.