कोरोना अपडेटः संक्रमित १७ हजार ४४५, निधन ४०, डिस्चार्ज ११ हजार ५३४

0

काठमाण्डौ – नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको राजविराज नगरपालिका–१ का ७३ वर्षका एक पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

मन्त्रालयले ती पुरुषमा लामो समयदेखि डाइविटिज र मुटुको समस्या रहेको जनाएको छ ।

असार ३१ गते बेलुकी खोकी, ज्वरो तथा स्वास प्रश्वास लगायतका स्वास्थ्य समस्या देखिएपछि उनी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सीमा भर्ना भएका थिए ।

उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार उनको स्वास्थ्य अवस्था जटिल भएपछि भेन्टिलेटरमा राखिएकोमा बिहीबार राति उपचारका क्रममा मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४० पुगेको छ ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १०१ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा काेराेना संक्रमितको कुल संख्या १७ हजार ४ सय ४५ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा २ सय ८५ जना काेराेना संक्रमित डिस्चार्ज भएकाे बताए । यससँगै हालसम्म डिस्चार्ज हुनेहरुकाे कुल संख्या ११ हजार ५ सय ३४ पुगेकाे छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ८८ जनाकाे पीसीआर परीक्षण गरिएको डा. गाैतमले जानकारी दिए ।

हालसम्म देशभर २२ हजार ७ सय ५६ जना क्वारेन्टिनमा रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार हाल देशभर ५ हजार ८ सय ७१ जना काेराेना संक्रमित आइसाेलेसनमा रहेका छन् ।

Leave A Reply

Your email address will not be published.