प्रधानमन्त्री ओलीले भारतसँगको सम्बन्ध बिगार्न खाेजेः कमल थापा

0

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सम्बनध बिगार्न चाहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले रामको जन्मभूमि अयोध्या नेपालमै रहेको अभिव्यक्ति दिएपछि थापाले ओलीको दाबी उटपट्याङ, अपुष्ट र अप्रमाणित भन्दै अतिक्रमित भूमि फिर्ता ल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्ध बिगार्न खाजेको आरोप लगाए ।

प्रधानमन्त्री ओलीले सोमबार हिन्दु धर्मावलम्बीले भगवान मान्ने रामको जन्मभूमि अयोध्या नेपालको वीरगञ्जभन्दा केहीपर ठोरीमा पर्ने तर भारतले विवादित अयोध्या खडा गरेको अभिव्यक्ति दिएका थिए ।

थापाले भनेका छन्, ‘प्रमको स्तरबाट यस्ता उटपट्याङ, अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त छैन । भारतसँग सम्बन्ध सुधार्नेभन्दा बिगार्नेतर्फ प्रमको ध्यान गएजस्तो लाग्छ । नक्सा प्रकाशित गरेर अतिक्रमित भूमि फिर्ता ल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनावश्यक विवाद सिर्जना गर्नु राम्रो होइन ।’

प्रधानमन्त्री ओलीले नेपालीहरू सांस्कृतिक हिसाबले थिचिएको बताएका थिए ।

Leave A Reply

Your email address will not be published.