थप ७० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ७१९ पुग्यो

0

काठमाण्डौ – नेपालमा पछिल्लाे २४ घण्टामा थप ७० जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। यससँगै काेराेना स‌ंक्रमितको कुल संख्या १६ हजार ७१९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टा ३ हजार ६ सय ४८ जनाको पीसीआर परीक्षण गरिएकाे जानकारी दिए।

यसैबिच कोभिड १९ बाट पछिल्लो २४ घण्टामा थप तीनजनाको ज्यान गएको छ ।

प्रवक्ता डा. गाैतमका अनुसार पछिल्लो २४ घण्टामा ४३१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म नेपालमा डिस्चार्ज हुनेको कुल संख्या ८ हजार ४ सय ४२ पुगेको छ।

Leave A Reply

Your email address will not be published.