थप १०८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ५३१ पुग्यो

0

काठमाण्डौ – नेपालमा कोरोना भाइरस स‌ंक्रमितको संख्या साढे १६ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा काेराेना संक्रमितको कुल संख्या १६ हजार ५ सय ३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

Leave A Reply

Your email address will not be published.