ओलीले सरकार र प्रचण्डले पार्टी चलाउने गरी नेकपा विवाद समाधानको प्रयास

0

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीभित्रको विवादमा एकले अर्कोलाई लगाउने प्रतिष्पर्धा चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सरकार छाड्न मानिरहेका छैनन् । बरु उनले उल्टै सरकार र एकल पार्टी नेतृत्व पाउन अर्को चुनाव र महाधिवेशन कुर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भनिदिए ।

ओली र प्रचण्ड टसमस नभएपनि विभिन्न विकल्पमा सहमति निर्माणको प्रयास भइरहेको छ । सहमतिका लागि बिन्दु पहिल्याउन नेकपाभित्र र बाहिरको शक्ति लागिपरेको खुल्दै गएको छ । ओली कुनै हालतमा सरकार छाड्न नमानिरहेकाले पार्टीको कार्यकारी अधिकार प्रचण्ड एक्लैले चलाउने र सरकार चलाउन राजनीतिक संयन्त्र बनाउनेबारे समेत छलफल बढेको छ ।

नेकपा स्थायी कमिटी सदस्य मणि थापा कुनै हालतमा पार्टी फुट्न नदिने बरु विकल्पबारे छलफल हुने बताउँछन् । उनले भने, ‘एकजना प्रधानमन्त्री र अर्का पार्टीको कार्यकारी बनेर जाने अवस्था हुनसक्छ । नभए आलोपालोको सहमति हुनसक्छ ।’

नेकपाभित्र दुवै अध्यक्षलाई पार्टी र सरकार सञ्चालन आलोपालो गर्ने गरी सहमति निकाल्नेबारे पनि छलफल बढाइएको छ । तर, यसमा ओली पक्ष सहमत छैन । ओली पक्ष मन्त्रिमण्डल पुर्नगठन र शक्तिको बाँडफाँड गरेर जान सकिने बताउँदै आएको छ ।

ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै छाड्नपर्ने प्रचण्डको लाइन छ । तर, ओली दुवै नछाड्ने अडानमा छन् । बीचको बाटो भनेको एक व्यक्ति एक पद हो । त्यसमा पनि कस्ले प्रधानमन्त्री र कस्ले पार्टी चलाउने हो टुंगो लाग्न कठिन हुनसक्छ । तर, नेकपाभित्र सहमतिको दबाब बढ्दै गएकाले बीचको बाटोबाट सहमति निकाल्ने प्रयास भइरहेको छ । यसमा पनि सहमति ननिस्किए दुर्घटना टार्न कसैले सक्ने देखिएको छैन ।

Leave A Reply

Your email address will not be published.