बालुवाटारको वान टु वान वार्ता निष्कर्ष विहीन

0

सडकको प्रर्दशन रोक्न ओलीलाई प्रचण्डको आग्रह

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वान टु वान भेटवार्तामा पार्टीको विवादबारे छलफल भएको थियो । पार्टीभित्रको विवादका कारण नेकपा स्थायी कमिटी बैठक पटकपटक स्थगित हुँदै आइरहेको छ । आजका लागि बोलाइएको बैठक पनि २६ गतेसम्मका लागि स्थगित भएको हो ।

आजको बैठकमा दुवै अध्यक्ष विषयवस्तुमा प्रवेश गरेपनि निष्कर्षमा पुग्न नसकेको हो । नेकपा स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्रीको राजीनामा मागेपछि ओली बिच्किएका छन् । उनले आफूलाई सरकारबाट हटाउने षड्यन्त्र भइरहेको भन्दै आफू पक्षका युवालाई सडकमा उतारेका छन् ।

युवासंघलगायत ओली पक्षका युवाहरुले ‘भारतीय दलाल मुर्दावाद, अ‍ोलीलाई हटाउन पाइँदैन’ लगायतका नारा लगाउँदै युवाहरु सडकमा उत्रिएका छन् । अध्यक्ष प्रचण्डले यस्ता विवादास्पद प्रर्दशन रोक्न प्रधानमन्त्रीलाई आग्रह गर्दै आइरहेका छन् ।

स्रोतकाअनुसार अध्यक्ष प्रचण्डले अ‍ोलीको पक्षमा भइरहेका प्रर्दशन रोक्न आग्रह गरेका हुन । उनले यस्ता आन्दोलन नरोके पार्टी एकतामा गम्भीर असर गर्ने चेतावनी दिएका छन् ।

‘अध्यक्षप्रचण्डजीले प्रधानमन्त्रीलाई टेलिफोन गरेर सडकमा भइरहेको प्रर्दशन रोक्न भन्नु भएको छ । उहाँले यस्ता प्रर्दशनले पार्टी एकतामा गम्भीर असर गर्ने बताउनु भएको छ’, स्रोतले भन्यो ।

कोरोना भाइरसले महामारीको रुप लिइरहेका बेला यो प्रर्दशनले झनै खतरा निम्त्याउने विज्ञहरुले चेतावनी दिएका छन् । प्रर्दशमा सामाजिक दूरी कायम नगरिएको, युवाहरुले मास्क नलगाई प्रर्दशनमा उत्रिएको भन्दै विज्ञहरुले खतरा निम्त्याउने चिन्ता व्यक्त गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.