आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक सोमबारसम्मका लागि स्थगित

0

काठमाडौं – सत्तारुढ नेकपाको शनिबारलाई तय स्थायी कमिटी बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले स्थायी कमिटीको बैठक २२ गतेसम्म स्थगित भएको जानकारी दिए ।

नेकपामा नेतृत्वको विवाद बढ्दै जाँदा आज स्थायी कमिटी बैठक बस्ने र त्यसले ठोस निर्णय गर्ने बताइएको थियो । तर, एक्कासि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठक २२ गतेसम्मका लागि सारेका हुन् ।

Leave A Reply

Your email address will not be published.