युवा युवतीद्वारा आत्महत्या

0

जुम्ला, ३ साउन । गएराति सदरमुकाम नजिकको झोलुङ्गे पुलबाट हाम फालेर २५ वर्षीय एक युवकले आत्महत्या गरेका छन् । हत्या गर्ने युवक चन्दननाथ– १५ बोहोरागाउँ निवासी २७ वर्षीय वसन्त रावल हुन् । रावलले झोलुङ्गे पुलको बीचबाट हाम्फालेको प्रत्यक्षदर्शीले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।
बेलुकाको समय, वर्षाले पानीको चाप बढी भएकाले सोही दिनमा खोजी कार्यमा अवरोध आएको र आज सदरमुकामदेखि नौ किमी टाढा रहेको हाकु गाविस नजिक मृतक रावलको शव भेटिएको प्रहरी निरीक्षक प्रेमबहादुर खड्काले जानकारी दिनुभयो । मृतक रावलको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लामा शव परीक्षण गरिसकिएको प्रहरी निरीक्षक खड्काले उल्लेख गर्नु भयो ।
यसैगरी प्रहरी निरीक्षक खड्काका अनुसार आज चन्दननाथ नगरपालिका वडा नं १२ तिलउम गाउँका ३५ वर्षीया विष्णु सार्कीले आफ्नै घरमा पटुकाको पासो लगाएर आत्महत्या गरेकी छन् । श्रीमान्सँगको सामान्य विवादमा विष्णुले आत्महत्या गरेको बताइएको छ । आत्महत्याको खबर बेलुका आएपछि राति उनलाई अस्पतालमा पु-याइएको र निजको शव परीक्षण हुन नसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । घटना के कति कारणले भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.