हत्या आरोपमा पक्राउ

0

भक्तपुर, ३ साउन । महानगरीय प्रहरी वृत्त थिमिले हत्या आरोपमा एक युवक र एक युवतीलाई पक्राउ गरेको छ । प्रहरीले सिरहा मनोहर गाविस गोलबजार घर भई अनन्तलिङ्गेश्वर नगरपालिका–५ स्थित पाथीभरा ब्याग उद्योगमा कार्यरत १९ वर्षीय जाविर अन्सारी र सुनसरी इनरुवा–७ घर भई काठमाडौँ महानगरपालिका–७ कालोपुल बस्ने मेनुका चौधरीलाई पक्राउ गरेको हो ।
प्रहरीले दुवै जनालाई जाविरकी पत्नी सहजारी खातुनको हत्या गरेको अभियोगमा पक्राउ गरेको हो । खातुनको शव शुक्रबार अनन्तलिङ्गेश्वर नपा–५ बालकोटस्थित रोज भिलेज हाउजिङको नजिक फेला परेको थियो । अनुसन्धानका क्रममा अपराध महाशाखाबाट थिमि वृत्तमा खटिआएका प्रहरी सहायक निरीक्षक कपिल श्रेष्ठ नेतृत्वको प्रहरी जवानद्वय रानशलाल श्रेष्ठ र रामकुमारी कार्कीसहितको टोलीले छ घन्टाको प्रयासमा अन्सारी र चौधरीलाई कालोपुलस्थित चौधरीको डेराबाट पक्राउ गरेको हो ।

Leave A Reply

Your email address will not be published.