संविधान संशोधन प्रस्तावमाथि छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

0

काठमाण्डौं – संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्दै छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नक्सा सम्बन्धी संविधान संशोधनका विषयमा निर्णय गर्न बैठक डाकेको हो ।

दिउँसो एक बजे पार्टी कार्यालय सानेपामा बस्ने सो बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल हुने भएकाले केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि कांग्रेसले निर्देशन जारी गरेको थियो ।

लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको नयाँ नक्सा जारी भएपछि सोही अनुसार निसान छाप परिवर्तन गर्नका लागि संविधान संशोन प्रस्ताव दर्ता भएको हो । सो प्रस्ताव बुधबार संसदमा दर्ता गर्ने भनिए पनि अन्तिम समयमा आएर कार्यसूचिबाट हटाइएको थियो ।

संसद बैठक आइतबार बिहान ११ बजे बस्ने छ । सो बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुने कार्यतालिका छ । तर सोही बैठक मार्फत संविधान संशोधन विधेयक पेश हुने सम्भावना पनि रहेको छ ।

Leave A Reply

Your email address will not be published.