नेपालमा कोराना : ‘थप ७२ मा संक्रमण पुष्टि, संक्रमित ६७५ पुगे’

0

रौतहटमा २६, बारामा २३, दैलेखमा ७, बाँकेमा ४ तथा काठमाडौं, धनुषा र कपिलवस्तुमा ३–३ संक्रमित फेला

 काठमाण्डौं – थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार रौतहटमा २६, बारामा २३, दैलेखमा ७, बाँकेमा ४ तथा काठमाडौं, धनुषा र कपिलवस्तुमा ३–३ जना कोरोना संक्रमित फेला परेका हुन् । यस्तै सप्तरीमा २ जना र बर्दियामा १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंको टोखा नगरपालिका ३ र ६ तथा बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ३ मा संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ ।

तथ्यांकमा काेराेना – नेपाल

संक्रमित         :  ६७५निको भएको    :  ८७मृत्यु             :   ३ अपडेटः २०७७ जेठ १२ । स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

यस्तै रौतहटको राजपुर परहदवा– २, ६ र ८ तथा इशनाथ– २ मा संक्रमित फेला परेका छन् । बाराको गढीमाई नगरपालिकामा २१ जना र कलैया नगरपालिका कोटवाली–१ मा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै सप्तरीको डाक्नेश्वरी गाउँपालिकामा २ जना र धनुषाको नगराइन नगरपालिका-३ मा तीन जनामा संक्रमण पुष्टि भएको छ । बर्दियाको बाँसगढी–९ मा एक जना, बाँकेको राप्ती सोनारी–७ र डुडुवा २ मा चार जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै दैलेखको नारायण नगरपालिकामा ४ जना, गुराँस गाउँपालिकामा २ र ढुंगेश्वर गाउँपालिकामा १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.