नेपालमा कोरोना संक्रमितको संख्या ६ सय नाघ्यो

0

काठमाण्डौं – नेपालमा कोरोना संक्रमितको संख्या ६ सय नाघेको छ । नेपालमा कूल संक्रमितको संख्या ६०३ पुगेको हो । बिहीबार १९ जना कोरोना संक्रमित थप भएका हुन् ।

कोरोना संक्रमित हुने जिल्लाको संख्या ४२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आज मोरङ १, बारा१, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६, काठमाडौं सोह्रखुट्टेका १, नुवाकोटका १, कपिलवस्तु ३, गुल्मीमा १ जना संक्रमित थपिएका हुन् ।

आज नुवाकोट थप भएको छ । त्यस्तै आज ७ जना डिस्चार्ज भएका छन् । तीमध्ये ८७ जना निको भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।

Leave A Reply

Your email address will not be published.