युरोपमा रहेका नेपाली पत्रकारहरुका लागि ‘फिचर लेखन’ सम्बन्धी अनलाइन तालिम सम्पन्न

0

युरोपमा रहेका नेपाली पत्रकारहरुका लागि फिचर लेखन सम्बन्धी अनलाइन तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ बेल्जियम र पोर्तुगल शाखाको आयोजनामा तालिम सम्पन्न भएको हो ।


तालिममा फिचर लेखनका लागि विषयवस्तुको छनौट, आमसरोकारका कुरा, यसको बनाउट,असरदार प्रस्तुती र साज सज्जा बारेमा सहजकर्ताद्वय बरिष्ठ पत्रकारहरु थाहा खबर डट कमका प्रधान सम्पादक तीर्थ कोइराला र घटना र विचार डट कमकी सम्पादक बबिता बस्नेतले सहजीकरण गर्नु भएको थियो ।

नेपाल पत्रकार महासंघ केन्द्रीय उपाध्यक्ष दिलिप थापा मगरले कार्यक्रमको उद्घातन गर्दै तालिमको सफलताको शुभकामना व्यक्त गर्नु भयो । उहाले तालिममा सहभागी साथीहरुको पत्रकारिता पेशालाई मजबुत बनाउन र कलममा निखारता ल्याउने विश्वास व्यक्त गर्दै सुरक्षित भएर काम गर्न अभ्ह्वान गर्नुभयो ।नेपाल पत्रकार महसंघ देश बिदेशमा रहेका पत्रकारहरुको हकहितका लागि कृयाशिल रहेको विश्वाश पनि दिलाउनु भयो ।


कोइरालाले बुढापुरानाले सन्तानले डाँडाकाँडा ढाकुन् भनेर आशीष दिने गरेको सम्झदै १७५ वटा देशमा नेपालीहरु पुगेको तथ्याङ्क सुनाउदै विदेशमा बसेर पनि नेपाली पत्रकारितालाई निरन्तरता दिएकोमा खुशी लागेको बताउनु भयो , पत्रकारिता गर्दा भाषामा शुद्धता, लेखाइमा प्रष्टता र प्रस्तुतिमा निष्पक्षता हुनुपर्ने कुरामा जोड दिनु भयो ।


बस्नेतले महामारीको समयमा स्वास्थ्यको ख्याल राख्न सुझाब दिदै विदेश पुगेर पनि प्रवासीहरुले सधैं देश सम्झने गरेकोमा आफु सधैं भाबुक हुने बताउनु भयो । नेपालको सरकार देखि आफन्त सम्म सबैले प्रबासी नेपालीबाट पैसा मात्र खोज्ने गरेको गलत सोच रहेकोले आधुनिक विश्वले प्रयोग गरी रहेको ज्ञान र शिपको बारेमा जानकारीमुलक लेखहरु लेख्न पत्रकारहरुलाई सुझाउनु भयो ।

तालिममा पोर्तुगल, बेल्जियम, स्पेन, जर्मनी, फ्रान्स, साइप्रस, नेदरल्यान्डस, डेनमार्क र नेपाल गरी ९ देशबाट २४ जनाको सहभागिता रहेको थियो । तालिम जुम एप प्रयोग गरी सञ्चालन गरिएको थियो । कार्यक्रमको सञ्चालन बेल्जियम शाखाका संयोजक ओम शर्मा र पोर्तुगल शाखाका संयोजक योगेन्द्रमिलन छन्त्यालले गर्नु भएको थियो । बेल्जियम शाखाकी कोषाध्यक्ष नीलम घिमिरे सापकोटाले सहजकर्ताद्वय र सहभागी पत्रकारहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.