थप ७ जनामा कोरोना भाइरसको संक्रमण, कुल संक्रमितको संख्या १०९ पुग्यो

0

काठमाण्डौं – नेपालमा थप सातजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिएको जानकारी अनुसार उदयपुरका तीन, कपिलवस्तुका तीन तथा पर्साका एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकू र कोशी अस्पताल विराटनगरको प्रयोगशालमा भएको परीक्षण अनुसार उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षका महिला, कपिलवस्तुका १७ र १८ वर्ष (दुईजना) का पुरुष तथा पर्साको छपकैयाका ६२ वर्षे पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या १०९ पुगेको छ ।

अहिलेसम्म २७ जना निको भएर घर फर्किएका छन् । नयाँ संक्रमण पुष्टि भएका सातैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु सबै स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

Leave A Reply

Your email address will not be published.