काठमाण्डौं – कपिलवस्तुमा बिहीबार साँझ दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ । स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै संक्रमितको संख्या पुष्टि गरेको हो ।
मन्त्रालयका अनुसार संक्रमित कपिलवस्तु – ८ का १६ वर्ष र २२ वर्षका युवाहरु रहेका छन् । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।