
सायद मैले आईएल परीक्षा दिएपछि हुनुपर्छ सिन्धुपाल्चोकको कृषि कार्यालयमा एकजना जेटीए आउनुभएको थियो । महोत्तरीतिरको हुनुपर्छ अशोक सिंह, अग्लो, ग“ठिलो शरीर, जुँगा पालेको र ओशोको माला लगाएको हेर्दै आकर्षक हुनुहुन्थ्यो । मेरो घरभन्दा तीन÷चार घरमाथि डेरामा बस्नुहुन्थ्यो । त्यहा“ अरू जेटीएहरू शंकरजी र रामकृष्ण तिवारी पनि बस्नुहुन्थ्यो । रामकृष्णजी र मसँगै आईएल पढेका थियौ“ । शंकरजीस“ग वैचारिक रूपले राम्रो सम्बन्ध थियो ।
अशोकजीको कुरा गर्ने शैली नै अर्को थियो । उहाँले ओशोको अडियो क्यासेट हामीलाई सुनाउनुहुन्थ्यो । त्यतिखेर ओशो नेपाल आइसक्नुभएको थियो । सबैले सेक्स गुरु भन्ने गर्दथे । ओशोका चेलाहरू उच्शृंखल हुन्छन् भन्दथे । मैले पनि तिनै आधारमा अशोकजीसँग विवाद गर्ने अझ कम्युनिस्ट विचारको हुनुले यस्ता सबै कुरा लाद्ने र धर्मको खुब विरोध गर्दथें । तर उहाँसँगको बसाइ र ओशोको प्रवचनले ममा एक किसिमको खुल्दुली जगाएको थियो । म प्रायः उहाँको कोठामा जाने गर्थें । तर, पछि उहाँको सरुवा भयो र त्यो क्रम टुंगियो अरू खासै अध्ययन वा सम्पर्क भएन ।
धेरैपछि मिनु र मेरो विवाहको कुरा चलेपछि हितमानजीले मलाई मिनुका सबै आफन्तहरूलाई भेटाउने क्रममा ठमेलमा बसोबास गर्ने चमेली फुपू र मामाको घरमा पनि लग्नुभएको थियो । त्यहा“ उहाँको अफिसको कोठामा ठूलो ओशोको चित्रले फेरि ती पुराना दिन सम्झायो । बुद्धकुमार शाक्य मिनुको फुपाजू अरूण स्वामीले स्थापना गर्नुभएको ध्यान केन्द्र ताहाचलमा जानुहुँदो रहेछ । त्यस्तै, मिनुको दिदी शान्ति पनि ओशोको संन्यासी भइसक्नुभएको रहेछ । नेपाल बस्दासम्म त खासै त्यस्तो सम्पर्क सम्बन्धहरू भएनन् । बेलायत आएपछि अझ मिनु आएपछि हामीलाई भेट्न बुद्धकुमार फुपाजू आउनु हुँदा सधंै ओशोको पुस्तक पढ्ने ध्यान बस्ने र त्यससम्बन्धी कुरा गर्ने हुँदा इन्टरनेटमा मैले पनि थुप्रै प्रवचनहरू सुन्न थाले । ओशोका सबै प्रवचनहरू मनपर्न थाल्यो ।
पहिलोपटक अरूण स्वामी बेलायत आउनुभएको कुरा थाहा पाएँ । सायद २००५ तिर हुनुपर्छ उहाँ बस्नुभएको ठाउँमा भेट्न मिनुहरू गएका थिए । त्यतिखेर हाम्रो अवस्था अलि अप्ठ्यारो थियो वा के थियो मैले सधैंं मिनुलाई नेपाल गएर तपोवनमा बस्न मन परे उतै बसे पनि हुन्छ भन्ने गर्दथ“े ।
त्यही वर्ष हाम्रो सानो छोरी पनि जन्मिइसकेकी थिइन । उसलाई लिएर मिनु नेपाल गइन् । तपोवनको सात दिनको शिविरमा भाग लिन गएपछि मिनुले संन्यास ग्रहण गरिछन् । उसलाई त्यो शिविरले पूरा प्रभाव पारेको थियो । अरूण स्वामी बेलायतमा हुँदै मिनु नेपाल गइसकेकी थिएन् त्यतिबेला उहाँसँग आउनुभएका अरहद स्वामीलाई समेत लिएर सुभास दाइ मलाई भेट्न ब्राइटन आउनुभएको थियो । अरूण स्वामीलाई समुद्र साह्रै मनपर्ने रहेछ । समुद्रको तिरैतिर गाडी चलाएर वर्दिङ आउँदा उहाँले बाटोमा समुद्रको छेउमा ध्यान गर्न पाए राम्रो हुन्थ्यो भन्नुभयो मैले पनि केही नसोची भइहाल्छ नि स्वामीजी अर्को शिविर म यहीँ आयोजना गर्छु भनें । उहाँहरूले हुन्छ भन्नुभयो । मैले कुमारी रेस्टुरेन्टमा आफैंले खाना तयार पारेर उहाँहरूलाई खुवाएँ । उहाँहरू त्यसै दिन फर्किनुभयो ।
हामीले नेपालबाट ल्याएका सामानहरू बेच्ने पसल कुमारीको छेउको घरमा खोलेका थियौ“ । त्यहा“ नेपालबाट ल्याइएका गलैंचाहरू दिलीपजीले बेच्नका लागि मलाई दिनुभएको थियो । त्यो पसल खासै नचलेकाले बन्द ग¥यौ“ र सबै सामानहरू घरको ग्यारेजमा लगेर राखेका थियांै । धेरै लामो समयसम्म पनि दिलीपजी आउनुभएको थिएन । तर, मिनु नेपाल गएकै बेला एक्कासि फोन गर्नुभयो र सबै गलैंचा लानुभयो । ग्यारेज खाली भएपछि एक्कासि मेरो मनमा त्यहा“ राम्रो सरसफाइ गरेर ध्यान हल बनाउने विचार आयो र राम्रै प्रकारको ध्यानहल बन्यो । मैले जब त्यो ध्यानहल बनाउँदै थिएँ उता मिनु तपोवन शिविरमा बसेकी थिइन् । मैले यो कुरा उसलाई नभन्नु र आएपछि आश्चर्यमा परोस् भन्ने सोचेको थिएँ, नभन्दै त्यस्तै भयो । त्यो देखेर उनी अति खुसी भइन् । हामी बेलाबखत ध्यान गथ्र्याैं । पाहुनाहरू आउँदा त्यही बस्थ्यांै । गुड्डीले गीत सुनाउँथिन् । रमाइलै थिए ती दिनहरू ।
एक वर्ष हुन लागेछ, शिविर गराउनपर्ने दिन आइसकेछ । होभमा भएको हिन्दू मन्दिरमा ५० जना जतिलाई ध्यान गर्न पुग्ने ठाउँ थियो त्यही मन्दिर बुकिङ ग¥यौ“ । ३५ जना जति साथीहरू आउने भए । अरूण स्वामीहरू केही रात हाम्रो फिन्डनको घरमा बस्नुभयो । शिविरमा भाग लिनेहरूलाई नजिकैको होटल बुक गरेका थियौ“ । खाना आफैंले पकाउने व्यवस्था मिलाएको थिएँ । बिहानको नास्ता खाना खाजा फेरि खाना जेहोस् काम प्रशस्तै थियो । अझ रमाइलो त राति भाँडा माझ्दा हुन्थ्यो । त्यतिबेला राजुजी गोविन्द दाहालजीले राम्रो सहयोग गर्नुभएको थियो । हामीले शुक्रबारदेखि सोमबारसम्म चार दिनका लागि होटल बुकिङ गरेका थियौ“ । केही साथीहरु शनिबार बिहान मात्रै आउनुभयो । सबैको काम भएको हु“दा धेरैजसो आइतबार बेलुकी नै र बाँकी सोमबार बिहानै जानुपर्ने भयो । सोमबार बेलुकी त सबै फर्किसक्ने रहेछन् । त्यो थाहा नभएर होटलको पूरै पैसा तिर्न पर्दा उक्त शिविरमा उल्टो केही घाटा पो भयो । जेहोस् यो एउटा राम्रो अनुभव थियो ।
उक्त शिविर सकिएपछि हामीले बनाएको ग्यारेजको कोठालाई अरूण स्वामीले ओशो सागर ध्यान केन्द्र नामकरणसहित एउटा केन्द्र थप गर्नुभयो बेलायतमा । यो शिविरमा केही साथीहरूले संन्यास पनि लिनुभयो । मलाई पनि लिऊँ कि जस्तो लागेको थियो । तर, मैले लिने निर्णय गर्न सकिनँ । त्यसपछि अर्को शिविर बोस्टन म्यानर होटल इलिङमा केही हप्ता पछाडि नै भयो । त्यहा“ पनि संन्यास लिनेहरू थिए । संन्यास लिनका लागि एउटा फर्म भर्नुपर्ने थियो त्यो मैले खासै पढेको थिएनँ पहिला । के रहेछ पढौं न त भनेर पढेको त्यसमा ओशोबारे अध्ययन गर्छु र दिनमा एउटा ध्यान गर्छु भन्ने सामान्य कुरा रहेछ । जुन गर्न त्यति गाह्रो थिएन । त्योभन्दा पहिला ओशो किर्तनको एउटा गीतले मलाई खुब छोएको थियो ’यो ओशोको आकाशमा’ भन्ने बोलको गीत जुन हामीले पहिला गाउने गरेका क्रान्तिकारी गीतजस्तै थियो । अरुण स्वामीको यो विश्व बुद्ध, माक्र्स, फ्रायड र ओशोको विचारका सम्मिश्रणले मात्र जीवन सुन्दर र शान्त बन्छ भन्ने लेखले मलाई संन्यास लिन घच्घच्याइरहेको थियो ।
त्यसैले मैले त्यो दिन संन्यास लिने निर्णय गरे“ । त्यो दिन ४ अप्रिल २००८ थियो । अर्को एउटा कारण के पनि थियो भने हामीले चाहेको भए ओशोलाई भेट्न सक्ने थियांै तर हामीले त्यो अवसर प्राप्त गर्न सकेनौं । अहिले अरुण स्वामी देश परदेश घुमिरहनुभएको छ भोलि के कसो होला फेरि पछुताउनु नपरोस् भन्ने पनि लाग्यो । उहाँले मलाई संन्यास नाम आनन्द सुरेन्द्र दिनुभएछ । मेरो ठूलो दाइको नाम आनन्द भएकोले आनन्द सुरेन्द्र अलि अप्ठ्यारो लाग्यो र अर्को नाम दिन अनुरोध गरें । मेरो नयाँ नाम ‘आत्मो स्वरूप’ दिनुभयो ।
ओशोलाई पढ्ने र सुन्ने काम त धेरै भएको छ तर ध्यान भने गर्न सकेको छैन । कहिलेकाहीँ आयोजना गरिने ध्यान शिविरमा जाने गरेको छु । अरुण स्वामी प्रत्येक वर्ष बेलायत आउन हुँदा हुने तीनदिने शिविरमा भने छुटेको थिएन । नेपाल जाँदा पटकपटक तपोवन र एकएक पटक पोखरा उपवन र लुम्बिनी जेतवन पुगेको छु । सन् २०११ मा अरुण स्वामीले अमेरिकामा पानी जहाजमा ध्यान शिविर गराउनुभएको थियो । त्यही वर्षको शिविरको अन्त्यमा बेलायतमा पनि गर्ने कुरा भयो । त्यो पनि भइहाल्छ नि त भन्यांै । उक्त निर्णयअनुसार सन्् २०१२ मे को २६ देखि २९ सम्म साउथ ह्याम्पटनबाट फ्रान्स र बेल्जियम जाने जहाजका लागि हामीले पनि जहाज बुकिङ ग¥यौ“, उक्त शिविरमा करिब ७० जना जम्मा भयौ“ । तर जहाजमा अन्य क्रियाकलापहरुमा पनि सहभागी हुनुपर्ने राति अबेलासम्म नसुतिने हु“दा बिहानै उठेर ध्यानमा जाने सहज वातावरण नबन्दो रहेछ । जेहोस् ध्यानको नाममा सुरु भएको यो पानी जहाजको यात्रा पछिसम्म कायम हुने देखिन्छ । प्रायःजसो म बाहिर नै हुने र अन्य कामहरुले गर्दा हामीले रेस्टुरेन्ट छोडी सके पछि भने नियमित रुपमा पूरै ध्यान शिविरमा जान सकिएको छैन ।