बामदेवलाई प्रतिनिधिसभामा लैजाने नेकपा सचिवालयकाे निर्णय

0

काठमाण्डौं – नेकपा केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय गरेको छ ।

उनले पाल्पा–१ बाट चुनाव लड्ने सहमति भएको छ । २०७४ सालको आमनिर्वाचनमा उक्त क्षेत्रबाट नेकपाका दलबहादुर रानाले चुनाव जितेका थिए ।

यस्तै बैठकले स्थायी कमिटीको बैठक यही वैशाख २५ गते राख्ने निर्णय गरेको छ । त्यो भन्दा अघिल्लो दिन सचिवालय बैठक बस्ने भएको छ ।

सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यशैलीको आत्मालोचनासमेत गरेका थिए ।

विवादबीच सकिएको गत बुधबारको सचिवालय बैठकले आजका लागि अर्को बैठक तोकेको थियो ।

Leave A Reply

Your email address will not be published.