नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुग्यो, सिनसिटीका दुई जना डिस्चार्ज

0

काठमाण्डौं – नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार उदयपुर र जनकपुरमा एक/एक संक्रमित फेला परेका हुन् ।

मन्त्रालयका अनुसार उदयपुरका ५५ वर्षीय महिला र जकनपुरका १४ वर्षीय एक किशोरमा संक्रमण पोजेटिभ भेटिएको हो ।

यस्तै बिहीबार पाटन अस्पतालमा उपचाररत दुई जनालाई डिस्चार्ज गरिएको छ । पेप्सीकोलाको सिनसिटी अपार्टमेन्टमा बसोबास गर्ने ५८ वर्षीय पुरुष र ८१ वर्षीय महिलालाई घर पठाइएको हो । उपचारपछि घर फर्कनेको संख्या ९ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.