उदयपुरमा ८ जनामा कोरोना संक्रमणको पुष्टी

0

नेपालमा संक्रमितको संख्या ४० पुग्यो

काठमाण्डौं – उदयपुरमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोना संक्रमितसँग सम्पर्कमा आएका थप ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

मंगलबार धरानमा गरिएको पुनः परीक्षणमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना देखिएको हो ।

सोमबार विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ८ जनामा पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरान पठाइएको थियो । संक्रमित आठै जना धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा छन् ।

योसँगै नेपालमा संक्रमित हुनेको संख्या ४० पुगेको छ । जसमा ५ जना निको भएर घर फर्किएका छन् । संख्या बढेसँगै भुल्के पूरै बस्ती अहिले पनि सिल गरिएको छ ।

ती संक्रमितहरूलाई पनि विराटनगरको कोरोना विशेष अस्पतालमा लैजाने तयारी भइरहेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.