
कोरोना सन्क्रमणले बेल्जियमको जनजीबन अस्तब्यस्त छ र अझै बेल्जियम सरकारमा यो महामारीलाई काबुमा लिन सक्छौ भन्ने विश्वाश पलाईसकेको छैन । आज सम्म एकचालिस हजार सन्क्रमित र छ् हजार जतिको ज्यान गैसकेको छ ।
बेल्जियममा रहेको नेपाली समुदाय पनि यसबाट प्रभाबित भएको छ । नेपाली समुदायका केही ब्यक्तिलाई सन्क्रमण भए पनि बाहिर भन्न् नचाहने हुँदा फलानालाई भएको छ रे भन्ने अडकलबाजी मात्र् हुने गरेको छ । तर बेल्जियममा बाह्र बर्ष् देखि बस्दै आउनु भएका ब्यबसायी एबम सामाजिक ब्यक्ती हरी सिग्देलले आफुलाई कोरोना सन्क्रमण भै अस्पातलको उपचार् पछी केही सुधार भएकोले घरमा आइसोलेसनमा बसीरहेको बताउनु भएको छ । साथै उहाले सचेत रहन र न आतिन्न पनि नेपाली समुदायलाई अनुरोध गर्नु भएको छ ।
अन्य भाइरल र फ्लु जस्तै कोरोना पनि भएकोले लागि हालेमा आत्तिनु भन्दा उपचार र सचेत भएर सामाजिक दुरी कायम राखी परिवार र छरछिमेकलाई नहोस् भन्नेमा ध्यान दिनु पर्ने उहाको भनाइ छ ।
आफुलाई कसरी सर्यो भन्ने जानकारी नभए पनि छिमेकीलाई भएको थाहा भए पछि पारिवारिक चिकित्सक सँग संपर्क गर्दा घरमै एकान्त बस्न सुझाएकोले सोही अनुसार गरेको र केही दिन पछि अली गाह्रो अनुभब भएर अस्पताल् गएर जाच गराउदा अस्पतालमा भर्न भएर उपचार् गर्नु पर्ने भनेकोले सोही अनुसार हप्ता बढी अस्पताल् बसी सन्चो भएकोले घर फर्केको र अहिले घरमै आराम गरी रहेको बताउनु भएको छ । आफु आहेक परिवारलाई कुनै सन्क्रमण नदेखिएको र अब आफुलाई पनि ठीक भएकोले २ हप्ता पछि साधारण अवस्थामा फर्किने जानकारी पनि गराउनु भएको छ् ।
आफ्नो स्वास्थ्य अवस्था थाहा पाएर सुभेच्छ्या, सद्भाब र शुभकामना दिनु हुने सबै आफन्त साथीभाईलाई धन्यवाद दिदै अहिलेको अवस्थालाई सकारात्मक् सोचको बिकास गरेर जित्न सकिने भएको हुँदा मनोबल उच्च बनाएर सरकारले जारी गरेको नियमपालन गर्न र घरमाइ बस्न पनि सुझाब दिनु भएको छ ।