मुस्लिम समुदायले इद उल–फित्र मनाउँदै

0

काठमाडौं, श्रावण २ । मुस्लिम धर्मावलम्बीहरु एक महिने ‘रोजा’को समापन गरी आज (शनिबार) इद उल–फित्र मनाउँदैछन् । मुसलमान समुदायको एक महिने रमादान पर्व रोजा शनिबार पूरा हुँदैछ । एक महिनाअघि सुरु गरेको मुस्लिम समुदायहरुको रमादान पर्व रोजा सकेर आकाशमा चन्द्रमा देखिएपछि विधिवत् रुपमा सम्पन्न गर्ने प्रचलन छ । रमादान पर्व सकिएलगतै तीन दिनसम्म मुस्लिम समुदायले इद पर्व धुमधामका साथ मनाउने गर्दछन् ।
तीन दिनसम्म मनाइने इदुल फित्र अर्थात् इद एकापसमा भाइचाराको कामना गर्दै मनाउने गरिन्छ । यस पर्वमा मुस्लिम समुदायहरु पवित्र भइ, नयाँ–नयाँ सफा पवित्र लुगा लगाइ, ‘इदग’मा गइ ‘नमाज’ पढने गर्छन् ।
इद उल–फित्रकै अवसरमा सरकारले आइतबारका लागि सार्वजनिक बिदा पनि दिएको छ । इद पर्वको दिनदेखि नै हिजरी संवतको नयाँ वर्ष सुरु हुने गर्दछ । यसदिन मस्जिद तथा मदरसाहरुमा बिहान मुस्लिम धार्मिक ग्रन्थ कुरान पाठ गरिन्छ ।
त्यसपछि सबैले सँगै इदगाहमा नमाज पढी एकापसमा अंगालो मारी शुभकामना आदान–प्रदान गर्दछन् । मुस्लिम समुदायका व्यक्तिहरुले आफ्नो हैसियतअनुसार समाजमा रहेका असहाय, गरिब, पीडित, दुःखीलाई सक्दो सहयोग पनि गर्दछन् ।

Leave A Reply

Your email address will not be published.