लकडाउनमा के गर्दै छ एनआरएनए बेल्जियम ?

0

कोरोना (COVID-19) भारसका कारण विश्व आक्रान्त परिरहेका बेला बेल्जियम पनि नराम्ररी प्रभावित बनेको छ। बेल्जियम एक महिना यता लकडाउनको अवस्था सामना गरिरहेको छ। कोरोनाकै कारणबाट हालसम्म करिब चार हजार पाच सय बेल्जियन नागरिकले ज्यान गुमाई सकेका छन । गत मार्च 13 बाट बेल्जियम सरकारले लकडाउन घोषित गरेपछि करीब नौ हजार को जनसंख्यामा रहेको नेपाली समुदायलाई पनि कोरोनाको प्रभाव प्रत्यक्ष रुपमा नै रह्यो। बैधानिक रुपमा बसोबास गरिरहेका ग़ैर आवासीय नेपालीहरुलाई सरकारले सामाजिक सुरक्षाबापत राहत उपलब्ध गराएपनि बैधानिकताको लागी कुरि रहेकाहरुलाई बढी मार परेको छ ।


ग़ैर आवासीय नेपाली संघ बेल्जियमले सम्पुर्ण अवस्थाको मध्यनजर गर्दै शुरुवातका दिनदेखि हरेक बेल्जियमबासी नेपालीहरुलाई सार्वजनिक सुचना मार्फत आवश्यक सहयोगको प्रतिबद्दता गर्दै अभिभावकत्वको महसुस गराउने कार्य गर्यो। आकस्मिक सहयोग र समन्वयको लागी हरेक शहरहरुमा “ एनआरएनए बेल्जियम स्वयंसेवक दल” निर्माण गरिएको छ। यस दलले कोरोना संक्रमित परिवारको लागी सपिंगको ब्यवस्था देखि लिएर अन्य सहयोग गर्ने गरी ब्यवस्था मिलाईएको छ।

त्यसै गरी यदि कोहि नेपाली कोरोना संक्रमित भई अस्पताल जानुपर्ने स्थिति आईपरेमा एनआरएनए बेल्जियमका अध्यक्ष महासचिब लगायतका पदाधिकारीहरुको टेलिफोन नम्बरहरुलाई 24 घन्टा उपलब्ध हुनेगरी ब्यवस्था मिलाई सुचित गर्ने काम गरिएको छ। एनआरएनए बेल्जियम मार्फत तत्कालका लागी अत्याबश्यक सामाग्री एक हजार पिस “मास्क” बितरण गरिएको छ।

त्यस्तै गरी एनआरएनए बेल्जियमले पनि भैपरि आउनसक्ने स्थितिलाई मध्यनजर गरेर नै “ आकस्मिक राहत कोष” खडा गर्ने निर्णय गरेको र एनआरएनएका अभियन्ताहरुको सहयोग र समन्वयमा उक्त कोष मार्फत बिशेष गरी बैधानिकता कुरीरहनुभएका करिब ५० गैरआवासीय नेपालीहरुलाई (तत्कालका लागी)एक महिनाको लागी खाधान्न स्वरुप राहत उपलब्ध गराईसकिएको छ ।

हालको अबस्थामा केहि नेपाली साथीहरु संक्रमित भएको भन्ने सुन्नमा आएपनि स्थिति सामान्य छ। ग़ैर आवासीय नेपाली संघ बेल्जियम हरेक बेल्जियमबासी नेपालीहरुको सुखदुखमा साथ छ भन्ने अनुभुति गराउने गरी काम गरी रहेको पनि संघले जानकारी गराएको छ । यो बिपदको घडीमा जुनसुकै समस्या परे पनि सहयोग र सल्लाह आबस्यक भएमा एनआरएनए का पदाधिकारीहरुलाई संपर्क गर्न पनि अध्यक्ष चित्र सुबेदिले बेल्जियमबासी नेपाली समुदायलाई अनुरोध गर्नु भएको छ ।

      

Leave A Reply

Your email address will not be published.