काँग्रेस गाविस सभापतिको दुर्घटनामा मृत्यु

0

भीमदत्तनगर, २ साउन । भारतको उत्तराखण्ड राज्यको अल्मोडा खैरना नजिक जिप दुर्घटना हुँदा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा ब्यास–४ तिंकरका ३९ वर्षीय लालसिह कल्याल रहेका छन् । कल्याल नेपाली काँग्रेस ब्यास गाउँ समितिका सभापति हुन् ।
हल्द्धानीबाट धार्चुला आउने क्रममा दुर्घटना हुँदा गम्भीर घाइते कल्यालको अल्मोडा अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको आफन्त नगेन्द्रसिंह तिंकरीले बताउनुभयो । श्रीमती र छोराछोरी भेट्न गएका कल्याल हल्द्धानीबाट दार्चुला छोरीसहित आइरहेका थिए । जिप दुर्घटना हुँदा उनकी पाँच वर्षीया छोरी मिष्टी सामान्य घाइते भएकी छिन् । कल्यालको शव स्वदेश ल्याउन आफन्त हल्द्धानी गएका छन् ।

Leave A Reply

Your email address will not be published.