विरगञ्जको जामे मस्दिजमा बस्दै आएका तीन जनामा कोरोना पुष्टि

0

काठमाण्डौं – पर्साको वीरगञ्जमा बस्ने तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमुना परीक्षण क्रममा उनीहरुमा संक्रमण पोजेटिभ देखिएको हो ।

वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएपछि टेकुमा पुन परिक्षण गर्दा उनीहरु संक्रमित भएको पुष्टि भएको हो ।

भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो । संक्रमित तीनै जना मुस्लिम समुदायका रहेको तथा दुई जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका स्रोतले जानकारी दिएको छ । उनीहरु विगत दुई सातादेखि विरगंजस्थित जामे मस्जिदमा बस्दै आएका थिए ।

स्रोतका अनुसार उनीहरु सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन नेपाल आएका थिए । कोरोना पुष्टिपछि संक्रमितहरुलाई राखिएको वीरगन्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा इमर्जेन्सी बाहेकका अन्य सेवाहरु बन्द गरिएको छ।

उनीहरुको बारेमा थप जानकारी पत्रकार सम्मेलन मार्फत दिने तयारी भईरहेको स्वास्थ्य मन्त्रालयले जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.