सांसदको तलब काटेर स्वास्थकर्मी, सुरक्षाकर्मीलाई सुविधा थप्न गगन थापको प्रस्ताव

0

काठमाण्डौं – नेपाली कांग्रेसका सांसद गगन थापाले सांसदको तलव काटेर स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अग्रभागमा रहेर काम गर्नेहरूलाई सुविधा थप गर्न आग्रह गरेका छन् ।

नेपाल प्रहरी र केही ठाउँका स्वास्थ्यकर्मीको पारिश्रमिक पनि काटेर राहत कोषमा संकलन गरेको खबर आइरहेका बेला सांसद थापाले सांसदलगायत कम जोखिममा रहेर काम गर्नेहरूको तलव काट्न आग्रह गरेका हुन् ।

‘महासंकटकाे यो घडीमा, हामी सांसदलगायत कम जोखिममा काम गरिरहेकाहरूको तलव सुविधामा कटौती गरेर आफ्नो जीवनको पर्वाह नगरी अग्रभागमा रहेर कर्तव्यको पालना गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतकाे तलवभत्ता, सुविधा र सुरक्षामा बढोत्तरी गरी मनाेेबल बढाउने प्रयास गरौं,’ बिहीबार ट्वीट गर्दै थापाले भनेका छन् ।

राहत कोषमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू र सांसदको पनि पारिश्रमिक काट्ने यसअघि नै निर्णय भइसकेको छ । स्थानीय तहमा पनि जनप्रतिनिधिको तलव वा भत्ता सुविधा राहत कोषमा संकलन गर्ने निर्णयहरू भइरहेका छन् ।

Leave A Reply

Your email address will not be published.