किन लुकाउछन नेपालीहरु कोरोना सन्क्रमण ?

0

कोरोना भाईरसले आक्रान्त देश मध्य बेल्जियम पनि डेन्जर जोनमा ( रातो क्षेत्र ) छ । यी पंक्ती लेख्दा सम्म यहाँ करिब् बीस हजार मानिस् कोरोना संक्रमित भएका छन भने पन्ध्र सयको मृत्‍यु भै सकेको छ ।

यो महामारीबाट बेल्जियमको नेपाली समुदाय पनि प्रभाबित छ । कोरोनाबाट संक्रमित नेपालीहरुको संख्या एकिन कुनै पनि निकायले गर्न सकेको छैनन । तर संक्रमितहरुका आफन्त साथीभाइसँग कुरा गर्दा सिधै फलानोलाई कोरोना संक्रमण भएको छ भन्न नसके पनि बिरामी भएको स्वीकार गर्छन् ।

एकजना नेपाली ब्रुगेमा सक्रमित भएको हल्ला एक हप्ता अगाडि सुनिए पछि यसको सत्यतथ्य बुझ्न् प्रयास गरियो , उनलाई चिन्ने अन्य नेपालीहरु सँग बुझ्न् खोज्दा कसैले पनि हो भन्न् सक्नु भएन , तर हो मैले पनि सुनेको हो , उनीसँग कुरो भएको छैन , हुन सक्छ जस्ता प्रमाणित् हुन नसक्ने जबाफ आयो ।

एउटा संचारकर्मीका नाताले श्रोतले नस्वीकारे सम्म सम्बेदनशिल बिषयमा आँफै हो भनेर लेख्न मिलेन । फेरी तीन दिन अघि एकजना सामाजिक अगुवालाई हो रे नि त ! भने पछि नाम उल्लेख नगरि दिने सर्तमा बेल्जियमको नेपाली समुदायमा पनि कोरोनाले छोएकोले अझ बढी सचेत हुनु पर्ने आवश्यकता छ भन्ने आसयको छोटो समाचार चारदिशामा प्रकाशित् गरियो । त्यस पस्चात थुप्रै फोन, कल, मेसेज गरेर, को हो ? , नाम किन नलेखेको ? यस्तो पनि समाचार , झन त्रास बढ्यो जस्ता आरोप, आक्रोस र सुझाब आए , जो ब्यक्तीलाई यो बिषयको सुरुकै दिनबाट वास्तविकता थाहा थियो उहाबाट झन चर्को बिरोध र सोधनी भयो ।

बेल्जियमको कानुन र पत्रकारिताको आचारसंहिताको कारण जे गर्नु पर्ने हो त्यही गर्दा पनि गाली र गुनासा सुनियो , तर त्यो भन्दा पनि समुदाय केही सचेत भयो कि भन्ने सोचले चित्त बुझाईयो,


तीन दिन अघि कोरोनाबाट सन्क्रमण भएर अस्पातलमा रहेका एन्तवेरपेनका एक ब्यक्ती डिस्चार्ज भएर घर फर्कदै गरेको सुचना पाए पछि, उनीलाई आफुलाई कसरी सर्यो , उपचारमा कस्तो प्रकृया छ र कसरी सन्चो भयो भन्ने बारे समुदायलाई जानकारी गराईदिन अनुरोध गरियो । तर आफुलाई सन्चो भैसकेकोले आफु यो बिषयमा बोल्न नचाहने र आफ्नो परिचय खुल्ने गरेर समाचार नबनाउन बिशेष आग्रह भयो । आज पनि एकजनालाई सन्क्रमण भएको कुरा बिशेष सुत्रबाट थाहा भयो तर सम्बन्धित ब्यक्तिलाई सोद्धा होइन अरुनै समस्या भएको बताउदै अस्वीकार गरे ।

कुनै नयाँ जानकारी पाए पत्रकारले सोध्ने भनेको नेपाली समुदायका अगुवा, एनआरएनए र नेपाली दुताबासलाई हो तर यी संस्थाहरु पनि अन्योलमा छन । औपचारिक जानकारी नआए सम्म बोल्न मिलेन , रोग लागेको कुरा कसैले जानकारी पनि गराउदैन ।

यति बेला सबै भन्दा महत्वपूर्ण जिम्मेवारी भनेको सन्क्रमण भै हालेमा भएको ब्यक्ती र उसको परिवारको हुन जान्छ । आफुलाई भए पनि आफ्नो कारणले साथीभाई आफन्त लाई नहोस् भन्नका लागि उसलेनै सार्वजनिक गर्नु समुदायको हितमा हुन्छ र यो स्वयम संक्रमितको पनि कर्तब्य र धर्म हुन्छ ।


कोरोना कुनै अपराध होइन, अहिले सम्म बाह्र लाख बढी मानिसलाई भै सकेको छ र सन्चो पनि हुँदै छ । यो रुघा खोकी लागे जस्तै लाग्ने सरुवा भाईरस हो , ब्यक्तिको प्राणशक्ती ( इम्म्युनिटी पावर ) को सबलता र दुर्बलता अनुसार एक दुई वा अली बढी हप्तामा ठीक हुन्छ ।

डाक्टरको मात्र भर पर्नु भन्दा पनि सँग सँगै घरायसी उपचार् पनि गरे छिट्टो सन्चो हुन्छ । बेलायती युबराज चार्ल्सले इन्डियन आयुर्बेदिक उपचारबाट आफु सन्चो भएको बताएका छन भने चीन र भारतले पनि एलोपेथिक सँगै आयुर्बेदिक पद्धतिले उपचार् गरी रहेका छन । थुप्रै संक्रमितहरु जडिबुटी र मरमसलाको प्रयोगले मात्र पनि ठीक भएका छन । खानपान र ब्यायममा ध्यान दिने र आँफै प्रति हौसला बढाउन सके यो सन्क्रमणबाट सजिलै पार पाउन सकिने तथ्यहरु साम्ने आइरहेका छन ।

कोरोना भएको शंका भएमा परिवारबाट अलग बस्ने , साथीभाइलाई जानकारी गराउने , चिकित्सकको सल्लाह मा बस्ने र आन्तरिक उर्जालाई बल दिने काम गर्नु उत्तम उपाय हुन ।

बेल्जियम स्थायी बसोबास भएका ऋषी सापकोटा र उनकी छोरी अंशु सापकोटालाई सुरुमा नानाथरी गाली गर्नेहरुले उनीहरु टेलिभिजनमा आएर बताउदा सबैले स्याबासी दिएको हामी सबैले देखेकै छौ , बेलायतकी भगवती रानाभाट र स्पेनका बिष्णु रिजाल लागायतले उपचारत हुँदा हुँदै आफ्नो अवस्था सार्वजनिक गरेर अरुलाई सकारात्मक् उर्जा दिएकोमा सबैले धन्यवाद दिईरहेका छन लुकाएको भन्दा सार्वजनिक गरेको ब्यक्तिले सजिलै उपचार् पाएको र अरुबाट हौसला एबम सहानुभुति पाएका छन ।

Leave A Reply

Your email address will not be published.