विश्वका ५० भन्दा बढी देशमा इटालीबाटै फैलियो कोरोना भाइरस

0

कोरोना भाइरस। मात्र ६० न्यानोमिटर। यति छोटो कि कलमले बनाएको विन्दुमा लाखौँ कोरोना भाइरस बस्न सक्छ। यही ६० न्‍यानोमिटरको भाइरसले चीनको वुहान शहरमा सबैभन्दा पहिला आतंक मच्चायो। कारण थियो त्यहा लागेको सीफुड मार्केट। कोरोना भाइरसको कारण चीनलाई ठहर्‍याइए पनि फैलाउने काम भने इटालीबाट भएको मानिन्छ।

वुहानबाट इटालीको दूरी करिब ८ हजार किलोमिटर मात्रै छ। रोममा ३१ जनवरीमा कोरोनाका दुईजना विरामी भेटिएका थिए। उनीहरु चीनबाट आएका पर्यटक थिए। यसरी इटालीमा कोरोना संक्रमितको संख्या लगातार बढ्दै गएको थियो। त्यसपछि इटालीबाट युरोपमा मात्रै नभई विश्‍वभरका कैयौ मुलुकमा फैलियो। संसारभर करीब ५० देशमा कोरोना भाइरसको संक्रमण इटालीकै कारण हुन पुग्‍यो। किनकि भ्रमण गर्ने इटालियन थिए कि त त्यो देशका नागरिकहरु इटालीमा आएर फर्किएका थिए।

कोरोना संक्रमित बढे पनि उडान रोकेन इटाली
कोरोना भाइरस रोक्न कैयौँ देशमा यात्रामा रोक लगाए पनि इटालीमा भने खुलेकै थियो। संक्रमण धेरै देखिए पनि इटालीले आफ्नो फ्लाइट चालु गरिरह्‍यो। इटालीले मिलान एयरपोर्टको टर्मिनल १६ मार्चमा मात्रै बन्द गर्‍यो, जबकी त्यो समयसम्‍म लाम्बर्डीमा ३ हजार ७ सय ६० भन्दा धेरै कोरोना भाइरसको सिकार भइसकेका थिए। र चीनले भने पुरै देशभर २३ जनवरीमै लकडाउन गरेको थियो। त्यो समयसम्म हुबेइ आसपास क्षेत्रमा ५ सयमात्र कोरोना संक्रमितको संख्या देखिएको थियो।

विश्‍वको कुन क्षेत्रमा इटालीले कसरी फैलायो कोरोना भाइरस

अफ्रिका
अल्जेरिया, मोरक्को, नाइजेरिया, सेनेगल, ट्युनिसियन लगायत ९ देशमा कोरोनाको पहिलो संक्रमित इटालीको सम्पर्कबाट आएका थिए।  ९ मार्चमा दक्षिण अफ्रिकामा पहिलो पटक सातजनामा कोरोना भाइरसको संक्रमित भेटिएको थियो। ती सातैजना इटाली भ्रमणबाट आएका थिए।

अमेरिका

अर्जेन्टिना, ब्राजिल, बोलिभिया, चिली, कोलम्बिया, क्‍यूबा, डोमिनियन रिपक्लिक, ग्वाटेमाला, मेक्सिको, उरुग्वे तथा भेनेजुएलामा कोरोनाका पहिलो संक्रमित व्‍यक्ति इटालीबाट आएका थिए। अमेरिकामा पहिलो संक्रमित व्यक्ति वुहानबाट फर्किएका थिए। तर, अमेरिकाको न्‍यू ह्याम्पसायर तथा रोड आइसल्याण्डमा पहिलो संक्रमित व्‍यक्तिहरु इटालीबाट आएका थिए।

एसिया
कोरोना भाइरसको जन्म एसियाको चीनबाट भयो। तर एसियाकाका देशभन्दा धेरै इटालीबाट यसको विश्‍वभर संक्रमण फैलियो। भारतमा पनि ३० जनवरीदेखि २ फेब्रुअरीसम्‍म तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। ती तीनजनै वुहानबाट फर्किएका थिए।

यसपछि एक महिनासम्‍म कुनै पनि नयाँ संक्रमित भेटिएन। तर २ मार्चमा भने फेरि दुइ जनामा कोरोना भाइरसको पोजिटिभ संक्रमण देखियो। एकजना दिल्ली, अर्को तेलंगनामा।

दिल्लीको व्यक्ति इटालीबाट यात्रा गरेर फर्किएका थिए भने ६ मार्चमा भारतमा घुम्‍न आएका १६ जना इटालियन नागरिकलाई कोरोनाको संक्रमण देखिएको थियो।  यस्तै श्रीलंकामा पनि पहिलो क्रोना संक्रमित व्‍यक्ति ट्राभल गाइड थिए, उनी पनि इटालीबाट आएका पर्यटकसँग बसेका थिए।

युरोप
अहिले कोरोनाको कहर सबैभन्दा धेरे युरोपमा छ। एएफपीका अनुसार १ अप्रिलसम्ममा युरोपमा कोरोनाबाट कम्तिमा पनि ३० हजाभन्दा धेरै व्‍यक्तिले ज्‍यान गुमाइसकेका छन्। कोरोनाबाट प्रभावित टप देशको सूचीमा इटालीसहित पाँच देश युरोपबाट पर्छन्।

ओसिनिया
यो क्षेत्रमा पनि अस्ट्रेलिया र न्‍यूजिल्याण्डसमेत गरी १४ वटा देशहरु छन्। न्‍यूजिल्याण्डमा पनि दोस्रो केस इटाली नै थियो।

इटालीमा कोरोना फैलनुका कारणहरु
लापरबाही: कोरोना सबैभन्दा धेरै उत्तर इटालीमा फैलियो। सरकारले ८ मार्चमा यहाँका १.६ करोड मानिसलाई क्वारेन्टाइनमा बस्‍न आदेश दियो। तर, एउटा पत्रिकाले उक्त योजनालाई लिक गरिदियो। यसपछि मानिसहरु अटेर गरेर अर्को ठाउँमा बसाइ सरे। त्यसँग लापरबाहीसँगै कोरोनाले उक्त ठाउँमा पनि कब्जा जमायो।

बेफिक्री: इटालीको लाम्बर्डी क्षेत्रमा नराम्रोसँग प्रभावित हुन पुग्‍यो। कारण यहाँ १९ फेब्रुअरीमा कोरोनाबाट संक्रमित व्‍यक्ति एउटा अस्पतालमा भर्ती भए। भर्ती भएपछि त्यो व्यक्ति ३६ घण्टासम्‍म अस्पतालको क्‍याम्पमा घुमिरहे।

जनसंख्याको घनत्व धेरै
इटालीको जनसख्या ६ करोड ४0 लाख छ। यहाँको क्षेत्रफल २.९४ लाख स्क्वायर किलोमिटर छ । यहाँ हरेक १ किलोमिटरमा २०६ मानिस बसोबास गर्ने गर्दछन्। जबकी अमेरिकामा यही क्षेत्रमा ३६ जना बस्‍ने गर्छन्। यसले कोरोनाको संक्रमणदर ह्वात्तै बढायो।

एजेन्सी

Leave A Reply

Your email address will not be published.