श्रीमतिको हत्यापछि आफै आत्महत्या प्रयास

0

विराटनगर, २ साउन । मोरङमा एक व्यक्तिले खुकुरी प्रहार गरी आफ्नी श्रीमतीको हत्या गरेको छ । उर्लाबारी नगरपालिकाको सिसौंली घर भई हाल उर्लाबारीको सब्जी बजारमा पसल गरी बस्ने ५५ वर्षीय केशव मगरले आफ्नी ५० वर्षीया श्रीमती डोल्मालाई शुक्रबार बेलुकी खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
गम्भीर घाइते भएकी डोल्मालाई प्रहरीको टोलीले उपचारका लागि मङ्गलबारेस्थित स्वास्थ्य केन्द्र पठाएकामा उनको बाटोमै मृत्यु भएको हो । श्रीमती डोल्मालाई उपचारका लागि पठाएलगत्तै केशवले आफ्नै पेटमा खुकुरी प्रहार गरेका छन् । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.