पोखराको केस पोजेटिभ आएको छैन: स्वास्थ्य मन्त्रालय

0

काठमाण्डौं – स्वास्थ्य मन्त्रालयले पोखरामा पछिल्लो समयमा सञ्चारमाध्यममा आएको कोरोना भाइरस संक्रमणको पुष्टि नभएकाे जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबारको मिडिया ब्रिफिङका क्रममा पोखरामा भारतबाट आएका व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको भनिए पनि त्यो पोजेटिभ नआएको स्पष्ट पारेका छन् ।

पोखरास्थित क्षेत्रीय प्रयोगशालामा ती व्यक्तिमा रिपोर्ट पोजेटिभ देखिएको र टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा थप परीक्षणका लागि पठाइएको प्रदेश ४ का मन्त्री किरण गुरुङले जानकारी दिएका थिए ।

प्रवक्ता देवकोटाले भने क्षेत्रीय प्रयोगशाला भर्खर सञ्चालनमा आउन थालेकाले पूर्ण नतिजा दिन समय लाग्ने र एकपटक आएको नतिजा क्षेत्रीय प्रयोगशाला र काठमाण्डौं दुवैतिर पुन:परिक्षण गर्नुपर्ने उल्लेख गरेका थिए ।

Leave A Reply

Your email address will not be published.