पोखरामा अर्का कोरोना संक्रमित भेटिए, कोरोना संक्रमितको संख्या ७ पुग्यो

0

काठमाण्डौं – नेपालमा सातौँ कोरोना भाइरस संक्रमित भेटिएका छन् । भारतबाट कास्की फर्किएका एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

पोखरास्थित प्रयोगशालामा जाँच्ने क्रममा उनीमा कोरोना भाइरसको संक्रमण भेटिएको र थप परीक्षणका लागि काठमाडौँस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइसकिएको जानकारी गण्डकी प्रदेशका मन्त्री किरण गुरुङले दिए ।

यसअघि नेपालमा देखिएका संक्रमितमध्ये ५ को आइसोलेसनमा उपचार भइरहेको छ भने एक उपचारपछि घर फर्केका छन् ।

Leave A Reply

Your email address will not be published.