जहाजको ककपिटमा सधैँ दुईजना हुनुपर्ने

0

हवाई उड्डयनको सुधारका लागि गठन भएको एक संस्थाले युरोपेली देशमा सञ्चालन हुने सबै हवाई जहाजको ककपिटमा कम्तीमा पनि दुईजना चालक सदस्य हुनुपर्ने सुझाव दिएका छन् । सो सुझावअनुसार अबदेखि हवाई जहाजको ककपिटमा दुईजना सदस्य हुनुपर्ने भएको छ । यसलाई उनीहरु हवाई सुरक्षाको एक भरपर्दाे पापदण्डका रुपमा लिएका छन् ।
गएको मार्च महिनामा जर्मनको एक वायुसेवा जर्मन विङ्गको जहाज दुर्घटना भएको र त्यसमा विमान चालकले नै आफै यस्तो निर्णय गरेर दुर्घटना गराएको पाइएकोले यस्तो सुझाव दिइएको हो । प्राप्त सुझावअनुसार अबदेखि कुनैपनि विमानमा कम्तीमा पनि दुईजना हुनुपर्नेछ । हवाई सुरक्षाका लागि के कस्तो मापदण्ड अपनाउनुपर्ने हो भन्ने विषयमा सुझाव दिन युरोपको हवाई सुरक्षासम्बन्धी संस्थालाई आग्रह गरिएको थियो ।
यसका अतिरिक्त युरोपिएन एभिएसन सेफ्टी एजेन्सीले सबै विमान चालकलाई आवधिक रुपमा उनीहरुको स्वास्थ्यका साथै मनोवैज्ञानिक जाँच पनि गराउनुपर्ने सुझाव दिएको छ । विमानचालकको तालिमको समय, उनीहरुको सेवाअवधिका साथै समय समयमा मनोवैज्ञानिक र लागूपदार्थसम्बन्धी परीक्षण गर्नुपर्ने व्यवस्था हुनुपर्ने सो संस्थाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.