काठमाण्डौं – कोरोना भाइरसको त्रासका कारण लाखौँले काठमाण्डौं उपत्यका छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आइतबार मात्र दिउँसो २ बजेसम्म एक लाख २८ हजार पाँच सय ९२ जनाले काठमाडौँ उपत्यका छाडेका छन् ।
यो अवधिमा १८ हजार पाँच सय १९ जना काठमाण्डौं भित्रिएको महाशाखाले जनाएको छ। यसअघि शनिबार २ लाख ६ हजारले काठमाडौँ उपत्यका छाडेका थिए । शनिबार ६३ हजार ३ सय ११ जना काठमाण्डौं उपत्यका भित्रिएको महाशाखाका प्रवक्ता जिवनकुमार श्रेष्ठले जानकारी दिए ।
‘आइतबार साँझसम्म यो संख्या ह्वात्तै बढ्न सक्छ’, प्रहरी उपरिक्षक (एसपी) श्रेष्ठले भने । सरकारले सोमबारदेखि लामो दूरीका सवारीसाधनमा रोक लगाएपछि काठमाण्डौं छाड्ने ह्वात्तै बढेका हुन् ।